
भरतपुरमा आयोजित चुनावी सभामा गीत गाउँदै पाख्रिन । गीत गाए लगतै उहाँको हृदयघातका कारण निधन भएको थियो । तस्वीर – नारायण अधिकारी चितवन, रासस
रत्ननगर, चितवन, ५ मंसिर- नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार तथा जनवादी गायक खुशीराम पाख्रिनको आज हृदयघातबाट निधन भएको छ ।
संयुक्त वाम गठबन्धनको आयोजनामा चितवनको भरतपुरमा आज आयोजित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको श्रद्धाञ्जलि सभामा गीत गाएपछि अस्वस्थ हुनुभएका पाख्रिनको अपराह्न उपचारका क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो ।
चिकित्सकका अनुसार हृदयघातका कारण उहाँको निधन भएको हो । ‘गठबन्धनको कार्यक्रम शुरु हुनु केहीअघि उहाँले एउटा गीत गाउनुभयो, एकैछिनमा टाउको दुख्यो भन्दै निस्कनुभयो’, ज्वाइँ प्रताप गुरुङले भन्नुभयो, ‘तत्कालै २.५५ बजे अस्पताल पुरयाइएकामा केही समयपछि नै चिकित्सकले मृत घोषणा गरेको हो ।’
यसअघि सोही अस्पतालमा पाख्रिनले रक्तचाप र मधुमेहको नियमित उपचार गराउँदै आउनुभएको थियो । पाख्रिनले नै नारायणी सामुदायिक अस्पतालमा जाने भनेपछि उहाँलाई दिउँसो प्रहरीको गाडीमा राखेर अस्पताल पुरयाइएको थियो । उहाँलाई मञ्चबाट डोरयाएर तल ल्याएर गाडीमा राखेपछि एकपटक वान्ता गर्नुभएका पाख्रिनले अस्पतालमा पुगेर पनि एकपटक वान्ता गर्नुभएको थियो ।
चितवनको भरतपुर महानगरपालिका–१९ रामपुर घर भएका पाख्रिनको जन्म विसं २००९ मा भएको हो । ६५ वर्षीय पाख्रिनका श्रीमतीसहित एक छोरा र दुई छोरी छन् । एक छोरा भने द्वन्द्वकालमा शहिद भएका थिए । उहाँको शवलाई अहिले आफ्नै निवास रामपुरमा लगिएको छ । पार्थिव शरिरलाई भोलि बिहान ८ बजे नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय भरतपुरमा श्रद्धाञ्जलिसभाका लागि राखिने माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिनुभयो ।
सभामा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने