
पेरिस, फ्रान्स, ५ मङसिर – सुरक्षाको कारण देखाई साउदी अरबको रियादबाट राजिनामा दिनुभएका लेवनानी प्रधानमन्त्री साद हरिरि स्वदेश फर्किनुपूर्व छिमेकी राष्ट्र इजिप्टको राजधानी काएरोतर्फ जानुभएको पेरिसको विमानस्थल स्रोतले जनाएको छ ।
रियादमा करिब दुई हप्ताको बसाईपछि छलफका लागि फ्रान्स जानुभएको थियो । फ्रान्स लेवनानको निकट सहयोगी मानिन्छ । हरिरिले आफ्नो राजिनामाको कारण निम्तिएको राजनीतिक सङ्कट समाधान गर्न आज स्वदेश फर्किनसक्ने सञ्चारमाध्यमले जनाएका थिए । तर लेवनान जानुपूर्व इजिप्टतर्फ लाग्ने निर्णय लिनुभएको हो ।
इजिप्टमा रहँदा उहाँले राष्ट्रपति अव्देल फतेह अल–सिसीलाई भेटी पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल गर्नुहुने बताइएको छ । हरिरिले यही नोभेम्बर ४ मा दिएको राजिनामालाई लेवनानी राष्ट्रपति मिसेल आउनले स्वीकृत भने गर्नुभएको छैन ।
इजिप्टपछि नेता हरिरि लेवनानको स्वतन्त्रता दिवसका अवसरमा हुने कार्यक्रमहरूमा सहभागी हुनेगरी बुधबारसम्म स्वदेश फर्किने फ्रान्सबाट राष्ट्रपति आउनसँग भएको फोनवार्तामा बताउनुभएको थियो ।
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका