
पेरिस, फ्रान्स, ५ मङसिर – सुरक्षाको कारण देखाई साउदी अरबको रियादबाट राजिनामा दिनुभएका लेवनानी प्रधानमन्त्री साद हरिरि स्वदेश फर्किनुपूर्व छिमेकी राष्ट्र इजिप्टको राजधानी काएरोतर्फ जानुभएको पेरिसको विमानस्थल स्रोतले जनाएको छ ।
रियादमा करिब दुई हप्ताको बसाईपछि छलफका लागि फ्रान्स जानुभएको थियो । फ्रान्स लेवनानको निकट सहयोगी मानिन्छ । हरिरिले आफ्नो राजिनामाको कारण निम्तिएको राजनीतिक सङ्कट समाधान गर्न आज स्वदेश फर्किनसक्ने सञ्चारमाध्यमले जनाएका थिए । तर लेवनान जानुपूर्व इजिप्टतर्फ लाग्ने निर्णय लिनुभएको हो ।
इजिप्टमा रहँदा उहाँले राष्ट्रपति अव्देल फतेह अल–सिसीलाई भेटी पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल गर्नुहुने बताइएको छ । हरिरिले यही नोभेम्बर ४ मा दिएको राजिनामालाई लेवनानी राष्ट्रपति मिसेल आउनले स्वीकृत भने गर्नुभएको छैन ।
इजिप्टपछि नेता हरिरि लेवनानको स्वतन्त्रता दिवसका अवसरमा हुने कार्यक्रमहरूमा सहभागी हुनेगरी बुधबारसम्म स्वदेश फर्किने फ्रान्सबाट राष्ट्रपति आउनसँग भएको फोनवार्तामा बताउनुभएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?