
संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार मानव निर्मित दुबई वाटर क्यानलको अवलोकन गर्नुहुँदै । तस्वीर – सुरेन्द्रबहादुर नेपाली, दुवई, रासस
दुबई, ३० कात्तिक (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुबई वाटर क्यानलको अवलोकन गर्नुभयो ।
मानव निर्मित उक्त दुबई वाटर क्यानल (नहर) पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले उहाँलाई दुबई क्यानल म्यारिनमा स्वागत गर्नुभएको थियो ।
सन् २०१३ मा खुला गरिएको तथा सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको र दुबईको बजार केन्द्र, चार होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्ने उक्त क्यानलमा पैदल तथा साइकल मार्ग पनि छन् ।
यस क्यानलको चौडाइ ८० देखि १२० मिटरसम्मको छ र यो छ मिटर गहिराइको छ । आठ मिटर अग्लो पुल भएर बग्ने गरी यस क्यानलको संरचना तयार गरिएको छ । यस क्यानलले करिब ८० हजार वर्गमिटर क्षेत्र ओगटेको छ र यसले निजी जहाज तथा डुंगालाई व्यवसाय दिएको छ ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुम भण्डारीका साथै भ्रमण टोलीका अन्य सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?