लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष कुल आचार्य तथा सोसाइटीका नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) अध्यक्ष पुरन गिरीलाई बधाईसहित सम्मान गरेको छ ।
आइतबार अल्डरसटमा एक कार्यक्रमबीच आचार्य र गिरीलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिइयो ।
सोसाइटीका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आचार्य, सोसाइटीका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार हितकाजी गुरुङ, पूर्व उपाध्यक्ष मिठुलाल बिक, सल्लाहकार यम गुरुङ, उपाध्यक्ष सञ्जीव गुरुङसहित कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरुले निर्वाचित दुवैलाई खादा ओढाएर कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
उक्त सम्मान कार्यक्रममा शिवालय उच्च मावि कुश्मा पर्वत अन्तर्गत रहेका अपांग वालवालिकालाई सहयोग गर्ने सम्पूर्ण पर्वत वासी तथा गैर पर्वतवासी स्वदेशी तथा विदेशीलाई सोसाइटीका अध्यक्ष दधि आचार्यले धन्यवादसहित खादा लगाएर समान गरेका थिए । आचार्यले सहयोगदाता सबैलाई अपांग वालवालिकाको आशिर्वाद लागोस् भन्ने कामना पनि गरे । उनले ति बालबालिकालाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने पुरन गिरी, मिठुलाल बिक, डा. जगन्नाथ शर्मा, चन्दा अभियान संयोजन गर्ने निवर्तमान अध्यक्ष नरजंग गुरुङ तथा समाजका कोषाध्यक्ष नेत्र आले मगरको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।
कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष आचार्यले आफूप्रति सम्मान तथा सद्भाव दर्शाएकामा सोसाइटी र अन्य शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै सबैको स्नेह र आत्मीयताले एनआरएन अभियानमा प्रतिवद्ध भएर अगाडि बढ्न थप प्रेरणा मिलेको बताए । उनले आगामी दिनमा पनि संसारभर रहेका गैर आवासीय नेपालीबाट सहयोग र सद्भाव पाइरहने विश्वास व्यक्त गरे ।
पर्वत वेलफेयर सोसाइटी अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष गिरीले मन्तब्य राख्दै संसारभर छरिएर रहेका पर्वतवासीलाई एकै ठाउंमा गोलबन्द गर्दै पर्वत जिल्लासहित देश विकासमा केही गर्ने उद्देश्यले सोसाइटीको आइसीसी गठन भएको जानकारी दिए ।
कार्यक्रमको अन्त्यमा सोसाइटीका अध्यक्ष आचार्यले आगामी २१ अप्रिल २०१८ का दिन पर्वत वेलफेयर सोसाइटी यूकेको भेटघाट तथा अंग्रेजी नयां वर्ष २०७५ को शुभ कामना आदानप्रदान कार्यक्रम राखिएको जानकारी दिंदै त्यस दिन कुनै पनि कार्यक्रम नजुधाइदिन आग्रह गरेका थिए । आचार्यले निशुल्क हल तथा खाना उपलब्ध गराउने एम्पायर हल सञ्चालकलाई धन्यवाद समेत दिए ।
तस्विर सौजन्य- मिलन तमु
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार