तेहरान, २८ कात्तिक (रासस-एएफपी) – इरान र इराकको सीमाक्षेत्रमा आइतबार आएको ७.३ म्याग्नीच्युडको भूकम्पपछि दशौँ हजार इरानीहरुले दोस्रो रात पनि खुल्ला आकासमुनि रात विताएका छन् ।
यस भूकम्पमा परी ४०० भन्दा बढी इरानीको मृत्यु भएको छ । सरकारी टेलिभिजनले मङ्गलबार सो जानकारी दिएको हो ।
टेलिभिजनले मङ्गलबार दिएको जानकारी यस भूकम्पकमा ६६ हजार भन्दाबढी घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ । यस ७.३ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको कुवेत पनि धक्का महसुस गरिएको छ ।
कुर्दनजिकैको सहर हलब्जामा केन्द्रबिन्दु रहेको यस भूकम्प इरानको इतिहासमा आएका शक्तिशाली भूकम्पमध्ये एक हो ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेका उद्धारकर्मीका अनुसार मृतकको सङ्ख्या अझै बढ्नसक्ने छ ।
भूकम्पको कारण भत्किएको भग्नावशेषबाट केही व्यक्ति मात्र निकाल्न सफल भएको र अझै कैयौँ पुरिएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
इरान र इराकको सीमा क्षेत्रमा भूकम्प गएको भएता पनि विशेष गरी इरानतर्फका आठवटा गाउँमा बढी नै क्षति भएको छ । साथै अरु पनि कयौं गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ ।
भूकम्पले कतिपय स्थानका बाटोहरु भास्सिएका छन् । केही स्थानमा पहिरोले आवतजावत नै बन्द गराएको छ । उद्धार टोलीहरूलाई क्षतिग्रस्त स्थानमा पुग्नसमेत कठिनाइ भएको छ ।
भूकम्पलगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका व्यक्ति त्रास अझै हटेको छैन । बारम्बारको पराकम्पनले उनीहरूको त्रासलाई झन बढाएको थियो । पराकम्पनको कुवेतमा समेत त्रासको स्थिति रहेको छ ।
सन् १९९० इरानमा आएको ७.४ म्याग्नीच्युडको भूकम्पको कारण ४० हजार व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन लाख व्यक्ति घाइते भएका थिए ।
यसै बीच चिनियाँ राष्ट्रपति सि चिनफिङले मङ्गलबार इरान र इराकका सरकार प्रमुखलाई समवेदना सन्देश पठाउनुभएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]