लन्डन । वज्रयानका गुरु विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोचेले नेपालीहरुले ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर मात्रै हुँदैन, बुद्धका सन्देश के हो ? र त्यो आफ्नो जीवनमा कसरी लागू गर्ने? त्यो पनि जान्नुपर्दछ भन्नुभएको छ । स्टानमोरस्थित सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अनादिकालदेखि संसारमा दिपङ्कर बुद्ध, शाक्यमुनि बुद्धजस्ता कैयौं बुद्धहरुले जन्म लिएको बताउनुभयो ।
रिन्पोचेले डक्टरले रोगको पहिचान गरेपछि मात्रै औषधि लेख्छन्, त्यस्तै बुद्धले संसारमा दुख छ र दुखबाट मुक्त हुने उपाय पनि छ भनेर सिकाउनुभएको स्मरण गर्नुभयो। भारतवर्षमा आठौं, नवौं शताब्दीमा शुरु भएको इस्लामिक हमलामा बौद्ध संस्थाहरुलाई नष्ट गरीदिनुका साथै हजारौंको हत्या गरिए पछि कैयौं भिक्षु तथा बौद्ध गुरुहरु भागेर नेपाल आएको र पछि नेपाल हुँदै तिब्बत गएको उहाँले बताउनुभयो । अध्यात्मको चरम सीमामा पुगेको व्यक्तिलाई बुद्ध भनिन्छ, तर कतिपय देवीदेवता पनि त्यो स्थितिमा पुगेका हुँदैनन् भन्नुहुँदै रिन्पोचेले बुद्धले संसार त्याग्नैपर्छ नभनेको बताउनुभयो। ‘त्याग भनेको मनको कुरा हो, गृहस्थ धर्ममा बसेर, कामकाज गरेर पनि ज्ञानको खोजी गर्न सकिन्छ,’ उहाँले भन्नुभयो।
सो अवसरमा उहाँले सहभागीहरुका प्रश्नहरुको जवाफ पनि दिनुभएको थियो । उक्त कार्यक्रमको संयोजन उपासिका मालती गिरी, उपासक तुल्सी गिरी लगायतले गर्नुभएको थियो ।
प्लेमथ विश्वविद्यालयमा रिन्पोचेको प्रवचन
महायोगी श्रीधर राणा रिन्पोचेले यही आइतबार ब्रिटेनस्थित प्लेमथ विश्वविद्यालयको भ्रमण गर्नुभयो। उहाँलाई प्लेमथ, डेभन तथा कर्नवाल दक्षिण एसियाली समाज तथा प्लेमथ विश्वविद्यालयको मल्टीफेथ डिपार्टमेन्ट च्याप्लेन्सीले संयुक्त रुपमा निमन्त्रणा गरेका थिए।
रिन्पोचे वेदान्त, थेरावाद तथा महायान बौद्ध धर्मका प्रसिद्ध विद्वान हुनुहुन्छ । उहाँले आफ्ना गुरुहरु ४१ औं शाक्य त्रिजिन रिन्पोचे, स्वर्गीय चोग्बे त्रिजिन रिन्पोचे तथा चौथो कर्मा थिन्ले रिन्पोचेको सुपरिवेक्षणमा सन् १९९६ देखि २०१६ सम्म लगातार २१ वर्ष एकान्तवासमा ध्यान साधना गर्नुभएको थियो। ध्यान साधना पुरा गरेपछि उहाँको यो पहिलो युके भ्रमण हो ।
शुरुमा रिन्पोचेका शिष्य तथा धर्म शिक्षक राजेश खडकाले तनावमुक्त हुने विधिहरुबारे चर्चा गर्नुभयो। त्यसपछि रिन्पोचेले छोटो प्रवचन दिनुकासाथै ध्यान पनि गराउनु भएको थियो। उहाँले सहभागीहरुका प्रश्नको जवाफ पनि दिनुभएको थियो।
प्लेमथ, डेभन तथा कर्नवाल दक्षिण एसियाली समाजका पूर्व अध्यक्ष डा. भरत श्रेष्ठले समय निकालेर प्लेमथसम्म आएर प्रवचन दिनुभएकोमा महायोगीप्रति आभार व्यक्त गर्नभयो। उहाँले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद पनि दिनुभयो । रिन्पोचेको भ्रमणबारे थप जानकारी http://www.byomakusuma.org
मा गएर पाउन सकिन्छ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि