
ब्रसेल्स, २७ कात्तिक (रासस-सिन्ह्वा) – युरोपेली संघमा आवद्ध भएका विभिन्न २३ देशका रक्षा मन्त्रीहरुले सोमबार एउटा रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
देशहरुको सुरक्षा व्यवस्थापनका लागि सहकार्य गर्ने उद्देश्यले छुट्टै तर साझा स्थायी संयन्त्र वा संरचना बनाउने सम्बन्धि सम्झौतापत्रमा उनीहरुले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्र हस्ताक्षरपछि युरोपेली संघको विदेश नीति प्रमुख फेडेरिका मोघेरीनीलाई हस्तान्तरण गरिएको छ ।
मोघेरिनीको विदेश मामिला परिषद्ले जारी गरेको वक्तव्यमा दिगो सहकार्य संरचना सम्बन्धि ऐनले संघमा आवद्ध देशहरुको सुरक्षा र रक्षाका विषयमा सम्भव भएसम्म नजिक रहेर संगसगै काम गर्ने कुरामा जोड दिएको उल्लेख छ ।
उनीहरुले सुरक्षा सहकार्यलाई थप बलियो र प्रतिबद्ध बनाउनका लागि यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सुरक्षा सम्वन्धी स्थायी संरचना बनेपछि त्यसले संघका आवद्ध देशहरुलाई सुरक्षा क्षमता बृद्धि, आदानप्रदान गरिएका आयोजनाहरुमा लगानी, सुरक्षा तयारीमा सहयोग, सुरक्षा कारबाहीका लागि तयारीमा सुधार, सुरक्षाकर्मीहरुलाई सहयोग लगायतमा सजिलो हुने अपेक्षा गरिएको छ ।
बेलायतबाहेक, डेनमार्क, पोर्चुगल, इजरायल र माल्टाले पनि सुरक्षा सम्झौतामा सहभागी हुने की नहुने भन्ने बारेमा निर्णय गरेका छैनन् ।
‘हामीले आज युरोपको सुरक्षाका लागि नयाँ अध्ययन शुरु गर्दैछौं’, मोघेरिनीले भन्नुभयो ।
यस्तो संरचना बनाउनका लागि गत जुनमा भएको सम्मेलनमा शीर्ष नेताहरुले युरोपेली परिषद्मा छलफलगरी सहमति जनाएका थिए ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते