
तमु समाज बेल्जियमले बेल्जियमस्थित इपरमा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा प्रथम विश्व युद्धमा शाहदत प्राप्त गर्ने वीर गोर्खालीप्रति सम्मान स्वरूप श्रद्धाञ्जलि अर्पण गरिंदै ।
तमु समाज बेल्जियमले प्रथम विश्व युद्धमा शहादत प्राप्त गर्ने वीर गोर्खालीप्रति सम्मानस्वरूप बेल्जियमस्थित इपरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेको छ ।
बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको उपस्थिति रहेको सो कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाललगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रथम विश्व युद्धको हतियार बिसाएको दिन ११ नोभेम्वर (कात्तिक २५ गते) लाई विश्वभरि दिवसका रूपमा मनाउने क्रममा विगत १५ वर्षदेखि तमु समाज बेल्जियमको संयोजनमा हरेक वर्ष श्रद्धाञ्जलि कार्यक्रम गरिँदै आएको समाजमा महासचिव सूर्य गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा राजदूत थापा, समाजका अध्यक्ष जीवन तमु, एनआरएनका अध्यक्ष दाहाल र पत्रकार महेश थापाले विदेशमा बस्ने नेपाली बीचको एकतामा जोड दिनुभएको थियो ।
गत वर्ष नेपाल सरकारको पहलमा बेल्जियमस्थित इपर (बेल्जियम र जर्मनको सिमाना) मा स्मारक स्थापना गरिएको थियो । पहिलो विश्व युद्धमा बेल्जियममा ५८ जना गोर्खालीले शहादत प्राप्त गरेको समाजका महासचिव गुरुङको भनाइ छ ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने