जेनेभा, २५ कात्तिक (रासस-सिन्ह्वा) – आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको जनाएको छ ।
गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु भएको उनीहरुमाथिको हिंसाका कारण देश छोडेर भाग्ने शरणार्थीको संख्या छ लाख नाघेको हो ।
उनीहरु बंगलादेशको कोक्स् बजारमा बसोबास गरिरहेका छन् । बंगलादेश सरकारले उनीहरुलाई सो क्षेत्रमा शरणार्थी शिवीरहरु बनाइदिएको छ ।
शुक्रबार जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा आइओएमका प्रवक्ता जोल मिलम्यानले सो जानकारी दिनुभएको हो । उहाँले ती शरणार्थीहरुको अवस्था भने अत्यन्तै कष्टकर रहेको बताउनुभयो ।
निकै साँघुरो ठाउमा उनीहरुलाई राखिएको, आवश्यक मात्रामा आधारभूत आवश्यकताको पनि उनीहरुमा आपूर्ति हुन नसकेको, उनीहरुको संख्या धेरै भएका कारण जनघनत्व बढीहुदा निकै कठिन भएको र सडक र बिजुलीको पनि आवश्यक प्रबन्ध हुन नसकेकोले गर्दा उनीहरुलाई गाह्रो भएको उहाँले बताउनुभयो ।
यसका लागि विश्व समुदायसँग आग्रह भएको भए पनि आवश्यक मात्रामा उनीहरुले सरसहयोग पाउन नसकेको गुनासो पनि उहाँले सो पत्रकार सम्मेलनमा गर्नुभयो ।
बालबालिकाको अवस्था एकदमै टीठलाग्दो देखिएको, उनीहरुलाई पोषणयुक्त खानेकुराहरु नभएको र औषधि उपचारको समेत कमी हुने अवस्था देखिएको पनि उहाँले बतउनुभयो ।
सडकको अभावका कारण आवश्यक सहायता सामाग्री पुर्याउन समेत गाह्रो भएको अनुभव उहाँले पोख्नुभयो । बृद्धबृद्धाहरुले पनि निकै अप्ठेरोगरी जीवन गुजारा गरिरहनु परेको उहाँले बताउनुभयो ।
राष्ट्रसंघको सहयोगमा बालबालिकालाई खोप
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार उक्त शिवीरमा रहेका शरणार्थी बालबालिकाका लागि संयुक्त राष्ट्रसंघ र बंगलादेश सरकारले बालबालिकालाई खोप कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
प्राप्त समाचारअनुसार शरणार्थी बालबालिकाको अवस्था दिनप्रतिदिन कष्टकर बन्दै गएको तथा उनीहरुलाई खोप तथा औषधि उपचारको व्यवस्था पनि नरहेकोले बताइएको थियो ।
पछिल्लो समयमा यहाँका बालबालिका निमोनिया र झाडापखालाले ग्रसित भएका समाचार आएको थियो । बालबालिकाको अवस्था सुधारका लागि भन्दै संयुक्त राष्ट्रसंघीय बालकोष र बंगलादेश सरकारले दादुराको खोप दिने व्यवस्था गराएको बताइएको छ ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने