
नयाँ दिल्लीमा बाक्लो तुंवालोबीच एक महिला मास्क लगाएर हिंड्दै । सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाएको छ । तस्विर-एएफपी
नयाँ दिल्ली, २४ कात्तिक (रासस-सिन्ह्वा) – वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ ।
वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार पनि हटेको छैन । विज्ञहरुकाअनुसार प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी देखिएको छ ।
वायु प्रदुषणको अवस्था सुधारका लागि विशेष पहल गर्न नागरिकले सरकारलाई विशेष आग्रह गरेका छन् । सोही बमोजिम सरकारले यही सोमबारदेखि जोर बिजोर नम्बरका मात्र सवारी चलाउन पाउने नियम बनाएको छ । यसले वायु प्रदुषणको मात्रामा केही कमी ल्याउने अनुमान पनि गरिएको छ ।
बुधबारदेखि बन्द गरिएका नयाँ दिल्लीका सबै प्राथमिक विद्यालयहरु प्रदुषणको अवस्था सुधार नहुदासम्म नखोल्न भनिएको छ । त्यस्तै दिल्ली र दिल्लीसँग जोडिएका राज्यका मुख्यमन्त्रीहरुको बैठक बोलाई समस्या समाधानका लागि पहल थाल्न सरकारले आग्रह पनि गरेको छ ।
दिल्ली सरकारले दिल्ली यातायात कर्पोरेशनलाई पाँच सय बस भाडामा लिएर जोर विजोर नियम लागू भएको समयमा राजधानीको आवतजावतमा नागरिकलाई सुविधा दिन पनि आग्रह गरेको छ ।
नयाँ दिल्लीका उप मुख्यमन्त्री मनिष सिशोडियाले दिल्ली सहरमा प्रत्येक घण्टामा प्रदुषणको स्थितिबारे मापन र निरीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
त्यस्तै केही समयका लागि दल्लीमा अवस्थित विद्यालय तथा अन्य संघसंस्थाहरुलाई बाहिर खुला ठाउँमा सार्वजनिक कार्यक्रम एवम् गतिविधि सञ्चालन नगर्न आग्रह गरिएको छ ।
भारतीय मेडिकल संघ आईएमएले जनस्वास्थ्यमा आपतकालको अवस्था रहेको बताएको छ । उक्त संघले प्रदूषणले उत्पन्न गरेको वर्तमान जोखिम कमगर्न आवश्यक प्रयासका लागि आह्वान गरेको छ ।
दिल्ली सरकारले बुधबार नयाँ दिल्लीमा जनस्वास्थ्य सङ्कटकालको घोषणा पनि गरेको छ । त्यसैकारण पनि सार्वजनिक स्थलमा हुने खुला कार्यक्रमहरु कम भएका छन् ।
राजधानी नयाँ दिल्लीमा प्रया जाडो महिना सुरु भएपछि यसैगरी बाक्लो तुवाँलो आउने गर्दछ । केही बर्षयतादेखि नयाँ दिल्लीको वायु प्रदुषणको मात्रा बढ्दै जान थालेकोले यस्तो समस्या देखिएको बताइएको छ ।
नयाँ दिल्लीको औद्योगिकरण, फोहोर र सवारी साधनको चापलाई वायु प्रदुषणको प्रमुख कारकका रुपमा लिने गरिएको छ ।
स्वास्थ्यका अधिकारीहरुले अरु एक दुई दिनमात्र पनि यसैगरी तुवाँलो नहट्ने हो भने यसले नागरिकको स्वास्थ्यमा समस्या देखिन सक्ने अवस्था रहेको बताएका छन् ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर