बेइजिङ, २२ कात्तिक (रासस-सिन्ह्वा) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वको शक्ति सम्पन्न राष्ट्र चीन भ्रमणलाई महत्वपूर्ण घटनाका रुपमा विश्वले हेरिरहेको छ ।
राष्ट्रपति ट्रम्प बुधबार चीन पुग्नुभएको छ । उहाँ बुधबार अपराह्न चीनको राजधानी बेइजिङ पुग्नुभएको समाचारमा जनाइएको छ ।
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । त्यस्तै संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । यस हिसाबबाट पनि क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा यी दुई देशले गर्ने सम्झौताहरुको ठूलो प्रभाव रहने छ ।
अमेरिकी राष्ट्रपतिको यो एसिया भ्रमणको मुद्दा विशेषगरी उत्तर कोरियाको आणविक कार्यक्रम बनेको छ । चीन उत्तर कोरियाको एक प्रमुख सहयोगी राष्ट्र पनि हो ।
यस कारण पनि यी दुई देशका राष्ट्रपतिको वार्तालाप र उत्तर कोरियाका बारेमा उनीहरुले लिने नीतिले विश्व राजनीतिमा ठूलो अर्थ राख्ने विश्लेषकहरुको भनाई छ ।
चीनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प आज दक्षिण कोरियाबाट चीन पुग्नुभएको हो । उहाँले एसियाका पाँच देशको १२ दिने भ्रमणका गत आइतबार जापानबाट थाल्नुभएको थियो ।
गत जनवरीमा उहाँ अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ पहिलो पटक चीन भ्रमणमा आउनुभएको हो ।
दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुनुहुन्छ ।
उहाँको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा हुनुहुन्छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङ र राष्ट्रपति ट्रम्पबीच चीनमा विशेष वार्ता हुनेछ । यद्यपि यो वार्ता उहाँहरुबीच पहिलो पटक भने होइन ।
उहाँहरुबीच यो तेस्रो पटक भेटवार्ता हुने भएको हो । उहाँहरुबीच गत अप्रिल महिनामा फ्लोरिडामा भेटवार्ता भएको थियो । त्यसैगरी गत जुलाई मा जि-२० को सम्मेलनका क्रममा ह्याम्बर्गमा भेट भएको थियो ।
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका