ओसान, दक्षिण कोरिया, २१ कात्तिक (रासस-एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार दक्षिण कोरिया पुग्नुभएको छ । उहाँ सोमबार जापानमा हुनुहुन्थ्यो ।
एसियाको भ्रमणका क्रममा आइतबार जापान पुग्नुभएका उहाँ जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
फ्रान्सेली समाचार समिति, एएफपीकाअनुसार राष्ट्रपति ट्रम्प एसियाको १२ दिने भ्रमणको दोस्रो देशका रुपमा दक्षिण कोरिया पुग्नुभएको छ । दक्षिण कोरिया उहाँको दुई दिने भ्रमण हो ।
उहाँको एयर फोर्स बिमान दक्षिण कोरियाको ओसान सहरमा रहेको हवाई सैन्य क्याम्पको विमानस्थलमा मङ्गलबार बिहान अवतरण गरेको थियो ।
सो विमानस्थलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले राष्ट्रपति ट्रम्पलाई स्वागत गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न सो विमानस्थलमा दक्षिण कोरियाका उच्च पदस्थ अधिकारीहरु उपस्थित भएका थिए ।
पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकासहुदै परीक्षण गरेको थियो ।
यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको दक्षिण कोरिया भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि ठूलो महत्वका साथ हेरिएको विश्व समुदायको विश्लेषण छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा