साउदरल्याण्ड स्प्रिङ्ग, संयुक्त राज्य अमेरिका, २० कात्तिक (रासस-एएफपी) – अमेरिकी राज्य लास भेगासमा गएको ठीक पाँच हप्ताअघि गोली हानी भएको ठूलो नरसंहारपछि आइतबार पुनः त्यस्तै अर्को नरसंहार दोहोरिएको छ ।
प्राप्त समाचारअनुसार अमेरिकाको सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी अर्को हत्याकाण्ड भएको बताइएको छ ।
यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक नंरसहार भनिएको छ । उक्त दुर्घटनामा २६ जना मारिएका छन् भने अरु २० जना नराम्ररी घाइते भएका बताइएको छ ।
अमेरिकाको सदरल्याण्ड स्प्रिङ्ग नामको एउटा सानो नगरमा उक्त हत्याकाण्ड भएको थियो । आइतबार बिहान एकजना अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो । उक्त हत्यापछि सो बन्दुकधारीको पनि मृत्यु भएको छ ।
आफ्नै सवारी साधनमा उ मृत अवस्थामा भेटिएको छ । यसलाई भने प्रहरीले अनुसन्धानको विषय बनाएको छ । प्रहरीको गोली लागेर नभई उ आफै कसरी मारिन पुग्यो भनेर प्रहरीले खोजी थालेको बताइएको छ ।
सदरल्याण्ड स्प्रिङ्गमा रहेको फ्रस्ट बाप्टिस्ट चर्चमा आइतबारको बिहानी प्रार्थना चलिरहँदा उक्त बन्दुकधारी प्रवेश गरेर कम्तीमा पनि २० राउण्ड गोली हानेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
एकजना प्रत्यक्षदर्शीका अनुसार करिब २०-२२ बर्षको जस्तो देखिने एकजना व्यक्तिले लगातार २० राउण्ड गोली चलाएको थियो । उसले बुलेट प्रुफ भेष्ट लगाएको पनि प्रहरीले जनाएको छ ।
उक्त गोलीकाण्डमा परी ज्यान गुमाउनेमा पाँच बर्षका बालकदेखि ७२ बर्षका व्यक्तिसम्म परेका बताइएको छ ।
अहिलेसम्म सो व्यक्तिको पहिचान खुलेको छैन । प्रहरीले उक्त शङ्कास्पद हमलाकारीको परिचय खोजिरहेको बताएको छ । सो व्यक्तिले तीव्र गतिमा कार चलाएर भागेको थियो ।
प्रहरीले नै उसलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले पछ्याइरहेको व्यक्ति आफ्नै कारमा पुगेको र पछि सोही कारमा नै मृत अवस्थामा भेटिएको छ ।
प्रहरीले घाइतेलाई हेलिकोप्टरबाट उद्वार गरी लगेको छ । आक्रमणको कारण थाहा हुन सकेको छैन । यसको अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ ।
लास भेगासमा एउटा सांगीतिक कार्यक्रममा गत महिना ५९ जनाको ज्यान लिइएको नरसंहारको पाँच हप्तापछि यो दुर्घटना भएको छ । चर्चमा गरिएको यस हमलाको पनि व्यापक मात्रामा विरोध भएको छ ।
संयुक्त राज्य अमेरिका र संसारकै नेताहरुले यसको निन्दा एवम् भत्र्सना गरेका छन् । यसरी महिनैपिच्छे अमेरिकामा हुन थालेको गोलीकाण्डपछि नागरिकमा चिन्ता र त्रास उत्पन्न भएको बताइएको छ ।
अमेरिकामा हतियार समस्या होइन– ट्रम्प
टोकियो, २० कात्तिक (रासस-एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार समस्या होइन भन्नुभएको छ ।
टेक्सासमा आइतबार बिहान भएको गोलीकाण्डपछि प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘यो गोलीकाण्डमा हतियारको समस्या होइन, अमेरिकी नागरिकमा रहेको मानसिक स्वास्थ्य प्रमुख समस्या हो । हाम्रो देशमा मानसिक स्वास्थ्यको ठूलो समस्या छ ।’
उहाँले मानसिक रोगीहरुले नै अमेरिकामा गोली चलाउने र सर्वसाधारणको हत्या गर्ने गरेको बताउनुभएको थियो । यसअघि पनि उहाँले हतियारमात्र अमेरिकाको समस्या हो भन्नु गलत हुने धारणा राख्नुभएको थियो ।
प्राप्त समाचारअनुसार अमेरिकाको सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको बताइएको छ ।
यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक नंरसहार भनिएको छ । उक्त दुर्घटनामा २६ जना मारिएका छन् भने अरु २० जना नराम्रारी घाइते भएका बताइएको छ ।
आइतबार बिहान एकजना अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो । उक्त हत्यापछि सो बन्दुकधारीको पनि मृत्यु भएको छ । तर उसको पहिचान भने भएको छैन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा