तेहरान, इरान, १८ कात्तिक (रासस-एएफ्पी) – इरानको राजधानी तेहरानमा अमेरिकाविरुद्ध नाराबाजी गर्दै हजारौं इरानी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिविरुद्ध शनिबार प्रदर्शन गरेका छन् ।
सन् १९७९ मा अमेरिकी राजदूतावासलाई नियन्त्रणमा लिएको दिन दिनको सम्झनामा गरिएको प्रदर्शनमा अमेरिकी वर्तमान् राष्ट्रपतिको विरोध गर्दै केही स्थानमा अमेरिकी झण्डासमेत जलाइएको थियो ।
इश्लामिक आन्दोलन शुरु भएको ४४४ दिनको बन्धक समस्याका कारण निम्तिएको दुई देशबीचको कुटनैतिक समस्या आजका दिनसम्म पनि निरन्तर रहेको छ ।
अमेरिकाले इरान विरुद्ध लगाइएको नयाँ प्रतिबन्धको विरोधमा निकालिएको जुलुसमा प्रदर्शनका क्रममा अमेरिकी झण्डा तथा ट्रम्पको पुत्लासमेत जलाइएको थियो ।
इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानीले भन्नुभयो- ‘यस बर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले इरान विरोधी नीतिका कारण धेरै इरानी नागरिक अमेरिका विरुद्ध आक्रामक देखिएका छन् ।’
अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिका, इरानसहित विश्वशक्ति राष्ट्रबीच इरानको आणविक कार्यक्रमका बिषयमा अन्तर्राष्ट्रिय सम्झौतालाई मान्यता नदिने निर्णयले इरानलाई पछिल्लो समय चेतावनी दिइरहेको छ ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर