तेहरान, इरान, १८ कात्तिक (रासस-एएफ्पी) – इरानको राजधानी तेहरानमा अमेरिकाविरुद्ध नाराबाजी गर्दै हजारौं इरानी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिविरुद्ध शनिबार प्रदर्शन गरेका छन् ।
सन् १९७९ मा अमेरिकी राजदूतावासलाई नियन्त्रणमा लिएको दिन दिनको सम्झनामा गरिएको प्रदर्शनमा अमेरिकी वर्तमान् राष्ट्रपतिको विरोध गर्दै केही स्थानमा अमेरिकी झण्डासमेत जलाइएको थियो ।
इश्लामिक आन्दोलन शुरु भएको ४४४ दिनको बन्धक समस्याका कारण निम्तिएको दुई देशबीचको कुटनैतिक समस्या आजका दिनसम्म पनि निरन्तर रहेको छ ।
अमेरिकाले इरान विरुद्ध लगाइएको नयाँ प्रतिबन्धको विरोधमा निकालिएको जुलुसमा प्रदर्शनका क्रममा अमेरिकी झण्डा तथा ट्रम्पको पुत्लासमेत जलाइएको थियो ।
इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानीले भन्नुभयो- ‘यस बर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले इरान विरोधी नीतिका कारण धेरै इरानी नागरिक अमेरिका विरुद्ध आक्रामक देखिएका छन् ।’
अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिका, इरानसहित विश्वशक्ति राष्ट्रबीच इरानको आणविक कार्यक्रमका बिषयमा अन्तर्राष्ट्रिय सम्झौतालाई मान्यता नदिने निर्णयले इरानलाई पछिल्लो समय चेतावनी दिइरहेको छ ।
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’