म्याड्रिड, १८ कात्तिक (रासस-एएफपी) – स्पेनका एक जना न्यायाधिशले बर्खास्त भएका क्याटलोनियाका पृथकतावादी नेताहरुलाई पक्राउ गर्न आदेश दिनुभएको छ ।
नेता कार्ल पुईग्डेमोन्टलाई अदालतमा उपस्थित हुन आदेश दिदा उपस्थित नभएपछि न्यायाधिशले उनीहरुलाई पक्राउ गर्न आदेश दिनु भएको हो ।
संविधानको उलङ्घन गरी आफ्नो क्षेत्रलाई छुट्टै राज्य बनाउन आन्दोलन गरेको विषयमा सोधपुछ गर्न न्यायाधिशहरुले उनीहरुलाई अदालतमा उपस्थित हुन आदेश दिएका थिए ।
स्पेनले विद्रोह, देशद्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलाउने बताएपछि बर्खास्त गरिएका क्याटलोनियाका नेताहरु गत हप्ता बेल्जियम गएका छन् ।
क्याटलोनियाका विद्रोही नेता पुईग्डेमोन्टसहित अन्य चार जना पनि अहिले बेल्जियममै रहेको बताएको छ ।
उनीहरुलाई पनि केन्द्रिय सरकारले एक हप्ता अगाडी बर्खास्त गरेको थियो । अदालतले उनीहरुलाई पनि पक्राउ गर्न आदेश दिइएको बताएको छ ।
पक्राउ आदेश आउन भन्दा अगाडी बेल्जियमको एउटा टेलिभिजनलाई शुक्रबार अन्तवार्ता दिदै नेता पुईग्डेमोन्टले स्पेनको अदालतमा राजनीतिकरण भएको बताउनु भएको थियो ।
राजनीतिक प्रभावमा परेको अदालतले निश्पक्ष निर्णय गर्न नसक्ने भएकाले न्यायको सुनिश्चितता नभएको उहाँको भनाई छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]