म्याड्रिड, १६ कात्तिक (रासस-सिन्ह्वा) – स्पेनको क्याटलोनियाका लागि केन्द्रीय सरकारका प्रतिनिधिहरुले क्याटलोनिया संकट निर्वाचनपछि समाधान हुने दावी गरेका छन् ।
अहिले देखिएको संकट निर्वाचनसँगै अन्त्य हुने उनीहरुले बिहीबार दावी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्पेनको स्वायत्त राज्यको रुपमा रहेको क्याटलोनियाले गत अक्टोबर १ मा जनमत संग्रह गरेको थियो । जुन स्पेनको संविधान अनुसार असंबैधानिक छ ।
जनमत संग्रहबाट तत्कालिन क्षेत्रीय सरकारले स्वतन्त्र राज्य घोषणा गरेपछि त्यसको विरोधमा केन्द्रीय सरकारले अहिले क्याटलोनियामा प्रत्यक्ष शासन लागू गरेको छ । साथै केन्द्रीय सरकारले आउदो डिसेम्बर २१ गते क्षेत्रीय निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
क्याटलोनिया क्षेत्रीय सरकारका पूर्व सदस्यहरुले म्याड्रिड स्थीत अदालतमा उपस्थित भएर विद्रोह, सार्वजनिक सम्पत्तिको दुरुपयोग लगायतका विषयमा लगाइएको आरोपको जवाफ दिएका छन् ।
स्पेन सरकारका प्रतिनिधि इन्रीक मिल्लोले संकट समाधान हुने देखेको बताउनु भएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा