टोकियो, १५ कात्तिक (रासस-सिन्ह्वा) – जापानको प्रधानमन्त्रीमा यहाँको लिबरल डेमोक्रेटिक पार्टीका नेता सिन्जो आबे पुनः निर्वाचित हुनुभएको छ ।
वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहनुभएका उहाँ जापानको प्रधानमन्त्रीमा बुधबार पुनः निर्वाचित हुनुभएको प्राप्त समाचारमा जनाइएको छ ।
जापानको दुवै सदनले उहाँलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।
उहाँले घोषणा गरि हालैमात्र सम्पन्न सो निर्वाचनमा उहाँको दल लिबरल डेमोक्रेटिक पार्टीले दुईतिहाई बहुमत हासिल गरेको थियो ।
गएको संसदीय निर्वाचनमा उहाँको दलले जापानी संसदको तल्लो सदनमा दुईतिहाई बहुमत हासिल गरेको थियो । उहाँलाई सोही संसदले बुधबार प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।
जापानको उक्त निर्वाचनमा उहाँको बिगतदेखिकै सत्तारुढ अर्को दल कोमेइतो पार्टी पनि गठबन्धनमा सामेल भएको थियो । अबको नयाँ सरकारमा पनि सो दल सहभागी हुने भएको छ ।
आबेलाई बुधबारको संसद बैठकले प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । उहाँले आजै रातिसम्ममा उक्त कोमेइतो पार्टीका नेतासँग छलफल गरी नयाँ मन्त्रिमण्डलको घोषणा गर्नुहुने भएको बताइएको छ ।
बुधबार बसेको जापानी संसदको विशेष बैठकले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरे पनि औपचारिक रुपमा उहाँको नाम घोषणा हुन भने बाँकी छ ।
उहाँले बुधबारै साँझ घोषणा गर्ने मन्त्रिमण्डललाई जापानी राजदरबारमा शपथ गराउने कार्यक्रम छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?