टोकियो, १५ कात्तिक (रासस-सिन्ह्वा) – जापानको प्रधानमन्त्रीमा यहाँको लिबरल डेमोक्रेटिक पार्टीका नेता सिन्जो आबे पुनः निर्वाचित हुनुभएको छ ।
वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहनुभएका उहाँ जापानको प्रधानमन्त्रीमा बुधबार पुनः निर्वाचित हुनुभएको प्राप्त समाचारमा जनाइएको छ ।
जापानको दुवै सदनले उहाँलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।
उहाँले घोषणा गरि हालैमात्र सम्पन्न सो निर्वाचनमा उहाँको दल लिबरल डेमोक्रेटिक पार्टीले दुईतिहाई बहुमत हासिल गरेको थियो ।
गएको संसदीय निर्वाचनमा उहाँको दलले जापानी संसदको तल्लो सदनमा दुईतिहाई बहुमत हासिल गरेको थियो । उहाँलाई सोही संसदले बुधबार प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।
जापानको उक्त निर्वाचनमा उहाँको बिगतदेखिकै सत्तारुढ अर्को दल कोमेइतो पार्टी पनि गठबन्धनमा सामेल भएको थियो । अबको नयाँ सरकारमा पनि सो दल सहभागी हुने भएको छ ।
आबेलाई बुधबारको संसद बैठकले प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । उहाँले आजै रातिसम्ममा उक्त कोमेइतो पार्टीका नेतासँग छलफल गरी नयाँ मन्त्रिमण्डलको घोषणा गर्नुहुने भएको बताइएको छ ।
बुधबार बसेको जापानी संसदको विशेष बैठकले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरे पनि औपचारिक रुपमा उहाँको नाम घोषणा हुन भने बाँकी छ ।
उहाँले बुधबारै साँझ घोषणा गर्ने मन्त्रिमण्डललाई जापानी राजदरबारमा शपथ गराउने कार्यक्रम छ ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने