लन्डन । पूर्व गोर्खा फोटोग्राफर बिजेन गुरुङले प्रतिष्ठित ‘रोयल फोटोग्राफिक सोसाइटी’ को मानार्थ सदस्यता पाएका छन् । उनी त्यो सदस्यता (लाइसेन्सिएट) पाउने पहिलो नेपाली भएको सोसाइटीले जनाएको छ । स्टिल र मोसन पिक्चरमा व्यावहारिक दक्षता हुने व्यक्तिलाई प्रदान गरिने उक्त सर्टिफिकेट विश्वमै प्रतिष्ठित मानिन्छ ।
गत शनिबार वीन्चेस्टरस्थित गोर्खा म्यूजियममा आयोजित एक समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गुरुङलाई सोसाइटीका तर्फबाट उक्त सर्टिफिकेट प्रदान गरे । राजदूत डा. सुवेदीले गुरुङलाई बधाइ दिंदै यो उपलव्धि समस्त नेपाली र गोर्खाहरुका लागि पनि भएको बताए । डा. सुवेदीले बेलायत नेपाल सम्वन्ध सुदृढ बनाउन गोर्खाहरुले २०० वर्षदेखि योगदान गरिरहेको बताउंदै पूर्व गोर्खा गुरुङको फोटोग्राफीले नेपालको प्राकृतिक सौन्दर्य विश्वभर उजागर गरेको समेत उल्लेख गरे । राजदूतले गुरुङलाई लन्डनस्थित दूतावासमा आएर फोटो प्रदर्शनी गरी अन्य बेलायतीलाई समेत नेपालबारे सुसूचित गराउन आग्रह गरेका थिए ।
‘इच्छा र समर्पणले सफलता मिल्ने रहेछ,’ सर्टिफिकेट पाएपछि प्रसन्न हुंदै गुरुङले भने- ‘यो योग्यता पाउने पहिलो नेपाली हुनुमा मलाई गर्व छ र आफूलाई भाग्यमानी ठानेको छु ।’
ब्रिगेड अफ गोर्खाजमा २२ वर्ष सेवा गरेका गुरुङ ब्रिटिश सेनामा आफ्नो परिवारबाट पांचौं पुस्ता हुन् । दुवै आंखाको दृष्टि करिब करिब गुमेपछि उनको फोटोग्राफी यात्रा सन् २००४ मा झण्डै रोकिएको थियो । उनी सात वर्ष यस पेशामा आवद्ध हुन सकेनन् । तर, भाग्यवश साउथ हयाम्पटन आंखा अस्पतालले शल्यक्रिया गरेर पूर्ण रुपमा दृष्टि दिलाएपछि उनी पुनः यस क्षेत्रमा सक्रिय भएका थिए ।
हङकङ, चीन, युरोप, अमेरिका र मातृभूमि नेपाल भ्रमणका क्रममा सयौं सुन्दर तस्वीर आफ्नो क्यामेरामा कैद गरेका उनले हङकङ र बेलायतबाट फोटोग्राफी सम्वन्धि प्रशिक्षण लिएका थिए ।
गुरुङले वीन्चेस्टर फोटोग्राफी सोसाइटीबाट सन् २०१३ मा सम्मान समेत प्राप्त गरेका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता