टोकियो, जापान, १४ कात्तिक (रासस-एएफ्पी) – उत्तर कोरियाको आणविक परीक्षणस्थलमा अकस्मात विष्पोट भएपछि सुरुङमा पुरिएर करिब २०० जनाको मृत्यु भएको आशङ्का गरिएको जापानी सञ्चारमाध्यमले मंगलबार जनाएको छ ।
पुङ्गे–रीमा गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले गरेको छैटौँ तथा सबैभन्दा ठूलो भूमिगत आणविक हतियार परीक्षणका क्रममा सुरुङमा काम गरिरहेका १०० जनाभन्दा बढी मानिसको मृत्यु भएको जापानी टेलिभिजन असाहीले उत्तर कोरियाली गोप्य स्रोतको हवाला दिँदै उल्लेख गरेको छ ।
एएफ्पीलाई प्राप्त समाचारमा भनिएको छ, ‘शुरुको विष्पोटमा १०० जनाको मृत्यु भएको र उद्धारका लागि पुगेको अर्को समूहका १०० जना उद्धारका क्रममा सुरुङ पुनः भत्किएपछि पुरिए ।’
दुर्घटना सेप्टेम्बर ३ मा गरिएको शक्तिशाली हतियार परीक्षणका क्रममा भएको असाहीले जनाएको छ ।
विज्ञ समूहले भनेको छ, ‘भूमिगत परीक्षणले पहाड भत्किने र यसको विकिरण जमिनबाट चुहिएर चीनको सीमा नजिकैको वातावरणमा पर्न सक्नेछ ।’
अमेरिकी भौगर्भिक विभागले परीक्षणका क्रममा विष्पोटको आवाजले पहिले ६.३ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस भएको र केही बेरमा ४.१ म्याग्निच्युडको भूकम्पको महसुस भएको बताएको थियो ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने