अल्डरसट । ग्रेटर रसमोर नेपाली कम्युनिटीले टास्क
फोर्स गठन गरेको छ । गत २९ अक्टोबर २०१७ का दिन सम्पन्न कम्युनिटीको त्रैमासिक बैठकले संस्थाको काम प्रभावकारी
रुपमा सञ्चालन गर्न टास्क फोर्स गठन गरि संयोजक तोकेको हो ।
दीर्घकालिन र अल्पकालीन क्रियाकलाप प्रभावकारी रुपमा सम्पन्न गर्न सहजताका लागि विभिन्न विद्या समेट्ने गरि टास्क फोर्स गठन गरिएको कम्युनिटीले जनाएको छ ।
बैठकमा गत २२ जुलाई २०१७ मा नयां कार्यसमिति चयन भए पश्चात गरिएका समस्त प्रगति विवरण महासचिव मान गुरुङ र अध्यक्ष जीव बेल्बासेले प्रकाश पारेका थिए । बैठकमा कम्युनिटी भवन तथा नेपाली भाषा एवं नेपाल स्टडीबारे भूपू कर्णेल जोन मेकंली र डा. चन्द्र लक्सम्बाले प्रतिवेदन प्रस्तुत गरे पश्चात उपरोक्त बिषयमा काउन्सिल तथा स्थानीय स्तरबाट के गर्न सकिन्छ भन्ने विषयमा क्याबिनेट लिडर डेभिड क्लिफोर्ड र विपक्षी दलका नेता काउन्सिलर आलेक्स क्रफोर्डले निकै सकारात्मक धारणा राख्दै सहयोगको प्रतिवद्धता जनाए ।
महासचिव मान गुरुङद्वारा सञ्चालित एवं अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सचिव युवन गुरुङले हेल्थ एण्ड सेफ्टी, वरिष्ठ उपाध्यक्ष रामधन राईले भेट्रान प्रोजेक्ट, ट्रष्टी एवं सिटिजन एड्भाइसबारे, उपाध्यक्ष नेम थापाले इन्फर्मेशन डे, ड्रग्स तथा अल्कोहल एब्यूज, उपाध्यक्ष रञ्जिता मल्लले फुड फेस्टिभल र नारी दिवस, सल्लाहकार मेजर खिम गौचनले १० के र फन रन, निवर्तमान अध्यक्ष ओमप्रसाद थापाले विधान र कोषाध्यक्ष टोप पल्लीले आम्दानी खर्च विवरण प्रस्तुत गरे भने सल्लाहकार मास्टर कृष्ण प्रसाद गुरुङले रियल लाइफ च्यालेन्ज (आगोमा हिंड्ने) विषयमा प्रिजेन्टेसन दिए ।
बैठकमा अध्यक्ष बेल्बासेले अल्डरसट, फानबोरो क्षेत्रमा घटेका अपराधजन्य क्रियाकलाप र प्रहरीले गरिरहेको प्रगति विवरण माथि प्रकाश पारे । सल्लाहकार क्याप्टेन ग्यारी घलेले गठित टास्क फोर्सका संयोजकहरुले यथाशीघ्र बैठक राखी काम कारवाही अघि बढाउनुपर्ने अन्यथा सबै कुरा कागजमा मात्र सिमित रहनेबारे सचेत गराएका थिए ।
उक्त अवसरमा अध्यक्ष बेल्वासेले गत ८ अक्टोबर २०१७ मा सम्पन्न १० के र फन रनमा स्वयंसेवकको रुपमा सहयोग गर्ने गोर्खा भेट्रान र तिनका परिवारलाई धन्यवादसहित कम्युनिटीको लोगो अंकित ५० वटा टिसर्ट हस्तान्तरण गरे । यस अतिरिक्त १० के रनका सहयोगी सबैलाई संस्थाको तर्फबाट भोजन समेत गराइएको थियो ।
बैठकमा कार्यसमिति सदस्यहरु, सल्लाहकार अतिरिक्त डेपुटी क्याबिनेट लिडर केन, शिक्षिका ब्रेण्टा र फोटो पत्रकार मिलन तमु लगायत सहभागी थिए । बैठकको अन्त्यमा अध्यक्षले भेटघाट रेष्टुरेन्टका प्रवन्धक एवं सल्लाहकार शेरबहादुर सुनार र कर्मचारी लगायत सहभागीलाई धन्यवाद दिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता