न्यूयोर्क । नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिओना) ले तिहारको अवसरमा देउसी भैलो कार्यकम आयोजना गरयो । न्यूयोर्कको ज्याक्सन हाइटमा भएको कार्यक्रम उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष विनोद पोमोले दीप प्रज्वलन गरेर गर्नुभएको थियो । पोमोले महिला महासंघ स्थापना कालदेखि नै महासंघलाई सहयोग गर्दै आउनुभएको छ ।
महासंघका उपाध्यक्ष इन्दिरा चोङवाङले उपस्थित सबैलाई औपचारिक स्वागत गर्दै फिओनाको उद्देश्यबारे जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा रहेर पनि आदिवासी महिलाहरुलाई सहयोग गर्न स्थापित महासंघले ‘हामी संगै केही फरक गर्छौं’ भन्ने मान्यताका साथ नेपाल आदिवासी महिलाको सशक्तिकरण र सहयोगका लागि काम गर्दै आएको छ ।
नेपालको लागि काम गर्दै आउनुभएकी संस्थाकी अध्यक्ष नताशा ओज्नियाकले अमेरिकामा रहेर पनि आदिवासी महिलाहरु एउटै मञ्चमा पाएको भन्दै उनीहरुको एकताको प्रशंशा गर्नुभयो ।
महासंघले वार्षिक रुपमा गर्दै आएको देउसी भैलो कार्यकममार्फत आदिवासी जनजाति दिदी बहिनीहरु भेला भएर आफनो संस्कृति जगेर्नाका लागि योगदान गर्दै आएको छ । कार्यक्रममा उनीहरुले विभिन्न संस्कृति झल्कने गीत गाएर र नृत्य गरेर आफनो मातृभूमिप्रति सम्मान व्यक्त गरेका थिए ।
यसैबीच, कार्यक्रममा महिला महासंघका सल्लाहकार पूर्व डिआइजी पार्वती थापा मगर र नृत्य निर्देशकहरु संगीता मुखिया छोचुन र विजय नकर्मी तथा हेभन्ली पाथका अध्यक्ष सुकु राईलाई उहाँहरुको सहयोगको कदर गर्दै सम्मान गरिएको थियो । सचिव बन्दना राईले तिहार, दिपावली, बलिहाङ र छठ पर्वको शुभकामना दिदै भैली कार्यक्रम सञ्चालन गर्नुभएको थियो । अध्यक्ष संगीनी रानाले कार्यक्रममा उपस्थित सबै सहभागी महिलालाई आफनो पहिचान र अस्तित्वका लागि जिम्मेवार हुन आव्हान गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
महिला महासंघले देउसी भैलो कार्यक्रम मार्फत एक हजार एक सय अठार डलर आर्थिक संकलन गरेको छ । कार्यक्रममा युवा, वृद्धवृद्धा लगायत महिला दिदी बहिनीहरु सहभागी थिए ।
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन