
ताईपेइ, १३ कात्तिक (रासस-सिन्ह्वा) – ताइवानमा काम गर्ने अधिकांश कामकाजी मानिसले आर्थिकरुपमा आफूलाई कमजोर महसुस गर्ने गरेको पाइएको छ ।
सोमबार सार्वजनिक गरिएको एक सर्वेक्षण प्रतिवेदनमा काम धेरै तर तलब भने थोरै भएको अधिकांशले महसुस गरेको उल्लेख छ ।
सर्वेक्षणमा सहभागी एक हजार ७६ जनामध्ये ८६ प्रतिशतले काममा एकदमै धेरै तनाव र सेवासुविधामा निकै कन्जुस्याइँ भएको बताएका हुन् ।
उनीहरुले सेवासुविधा वृद्धि पनि निकै सुस्त गतिमा हुने गरेको अनुभव सुनाएको प्रतिवेदनमा उल्लेख गरिएको सर्वेक्षणकर्ताले जनाएका छन् ।
सन् १९६०, १९७० र १९८० को दशकमा जन्मेका स्थानीय बासिन्दा सर्वेक्षणमा सहभागी भएका थिए । उनीहरुमध्ये महिलाभन्दा पुरुष बढी रुखो र रिसाहा भएको पाइएको पनि सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा सहभागी कामकाजीमध्ये ९२ प्रतिशत आफ्नो तलबमा सन्तुष्ट हुन सकेका छैनन् । तर पनि खर्च बढ्दै जाने, घर, ऋण, भाडा आदि महँगो हुँदै जाने गरेकाले असन्तुष्टिका बीच कम गरिरहनुपरेको उनीहरुको भनाइ छ ।
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने