वासिङ्टन, संयुक्त राज्य अमेरिका, ९ कात्तिक (रासस-एएफपी) – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन हुनुभएकोमा उहाँलाई बधाई दिनुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट् गर्दै चिनियाँ राष्ट्रपति सिसँग फोनमा कुराकानी गरेको र चीनको नेतृत्वमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि वधाई दिएको जानकारी गराउनुभएको छ । कुराकानीमा दुई नेताबीच उत्तर कोरिया र अमेरिका चीन व्यापारका बिषयमा कुराकानी भएको पनि जनाइएको छ ।
कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुनः निर्वाचित भएका सिले अर्को पाँच वर्षका लागि आफ्नो पकड बलियो बनाउनु भएको छ । चीनको संविधानमा राष्ट्रपति सिको नाम र उहाँका सिद्धान्तहरुलाई समेत उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना समकक्षी चिनियाँ नेता सि शक्तिशाली नेता रहेको अमेरिकी फक्स विजिनेस न्यूज टेलिभिजनलाई बताउनुभएको छ- ‘उहाँ एक असल मान्छे हो ।’
अन्तवार्तामा अमेरिकी राष्ट्रपतिले भन्नुभयो, ‘केही मानिसले उहाँलाई चीनको राजा नै भन्छन् तर उहाँ राष्ट्रपति हो । धेरै राम्रो सम्बन्ध रहेको छ । यो सकारात्मक कुरा हो । यदि रसिया र अन्य मुलुकसँगपनि यस्तै राम्रो सम्बन्ध भएमा राम्रो हुनेछ ।’
ट्रम्पसँगको टेलिफोन संवादमा सिले अमेरिकाका राष्ट्रपतिसँग चीन–अमेरिकी सम्बन्धको भविष्यको विकासबारे संयुक्त रुपमा खाका बनाएर काम गर्ने इच्छा व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चारसंस्था केसिएनएले त्यहाँका नेता किम जोङ–अनले पनि सि लाई बधाईको सन्देश पठाएको बताएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको चिनियाँ राष्ट्रपति सिलाई बधाई
बेइजिङ, चीन, ९ कात्तिक (रासस-पीटीआई) – भारतीय प्रधानमन्त्रीश नरेन्द्र मोदीले चीनका राष्ट्रपति सि जिनपिङ दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा पुनः निर्वाचित भएकोमा वधाई ज्ञापन गर्दै आगामी दिनमा भारत र चीनबीचको सम्बन्धमा थप उचाइमा पुग्ने विश्वास गर्नुभएको छ ।
‘चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा पुनः निर्वाचित भएकोमा राष्ट्रपति सिलाई बधाई छ’, प्रधानमन्त्री मोदीले ट्वीटरजस्तै चिनियाँ माइक्रोब्लगको अंग्रेजी तथा मन्दारिन दुवै भाषामा सम्प्रेषण भएको सन्देशमा लेखिएको छ ।
सिलाई दोस्रो कार्यकालका लागि औपचारिक रूपमा शक्ति प्रदान गर्दै र चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङ र उहाँका उत्तराधिकारी देङ जिआओ पिङको हैसियत दिँदै उहाँको सिद्धान्त र उहाँको नामलाई चिनियाँ संविधानमा उल्लेख गरिएको छ ।
भारतीय प्रधानमन्त्रीको सन्देश सिक्किम क्षेत्रको दोकलाम क्षेत्रमा ७३ दिन लामो तिक्ततापूर्ण सैनिक मनमुटावपछि त्यसपछि उक्त घटनालाई विर्साउन गरिएका कुटनैतिक पहल भइरहेका समयमा आएको छ ।
चीन र भारतको सैन्य फौजबीच गत जुनमा चिनियाँ पक्षले उक्त क्षेत्रमा बाटो निर्माण गर्न थालेको र भारतीय पक्षले यसलाई अघि बढ्न नदिएपछि शुरु भएको थियो ।
विवादलाई दुवै देशको कुटनैतिक पहलमा शान्त पारिएको थियो । दुई नेताबीच ब्रिक्स सम्मेलनको सन्दर्भमा चीनको जियामेन शहरमा भेटवार्ता गरी सम्बन्धलाई सुमधुर बनाउँदै लाने सहमति भएको थियो ।
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत