इश्लामावाद, पाकिस्तान, ९ कात्तिक (रासस-एएफ्पी) – पाकिस्तानी एक अदालतले बिहीबार पूर्व प्रधानमन्त्री नवाज सरीफ विरुद्ध पक्राउ आदेश जारी गरेको छ । अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को बर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दवाव सिर्जना गर्न अदालतबाट सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकको भनाई छ ।
सरीफका पक्षमा वकालत गरेका कानूनविद् जाफिर खानले एएफ्पीलाई दिएको जानकारी अनुसार पाकिस्तानको अदालतले पूर्व प्रधानमन्त्री सरीफलाई जमानतमा छोड्न सकिने गरी भ्रष्टाचार सम्बन्धि विभिन्न दुई मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ ।
गत जुलाईमा पाकिस्तानको ७० बर्षको इतिहासमा कार्यकाल पुग्नु अगावै पदच्युत हुने १५ औँ प्रधानमन्त्रीका रूपमा सरीफलाई अदालतको आदेशमा उहाँमाथि लागेको भ्रष्टाचार आरोपमा हटाइएको थियो । भ्रष्टाचार आरोप लागेका प्रधानमन्त्री सरीफले प्रधानमन्त्री रहन पदीय मर्यादाले नदिने भन्दै उहाँलाई अदालतले सत्ता छोड्न र अनुसन्धान प्रक्रियामा आउन आदेश दिएको थियो ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण