लन्डन । इलिट इन्टरटेनमेन्ट यूके नेपालले बेलायतमा चर्चित हांस्यकलाकार जितु नेपाल (मुन्द्रे) का साथ नेपाल आइडल उत्कृष्ट प्रतिभाहरु सम्मिलित सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
पहिलो फ्रेन्चाइज रियालिटी शो नेपाल आइडलका प्रतिष्पर्धीमध्ये टप ६ सुरज थापा, टप ८ केन्जल मेहर श्रेष्ठ तथा कलाकार मुन्द्रे एवं गायक गायिका पवन रानामगर र तृष्णा गुरुङको सहभागितामा अल्डरसट, फोकस्टन र ग्रीनफोर्ड लन्डनमा कार्यक्रम हुन लागेको इलिटका इन्द्र घोतानेले जानकारी दिए ।
आगामी १० नोभेम्बर शुक्रबार फोकस्टन केन्टको हकिन्ज कम्युनिटी सेन्टर, ११ नोभेम्बरका दिन शनिबार ग्रीनफोर्ड टाउन हल लन्डन र १२ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम हुने आयोजकले बताएका छन् ।
कार्यक्रम आयोजना इलिट ग्रुपका तर्फबाट इन्द्र घोताने, हेम गुरुङ, निरा पिजी, मनोज गुरुङ र चित्र थापा (लाटो मगर) ले गर्न लागेका हुन् । आयोजकमध्ये एक युवा नेता तथा समाजसेवी हेम गुरुङले कार्यक्रममा आएर भरपुर मनोरन्जन लिन तथा कलाकारहरुलाई हौसला प्रदान गर्न आग्रह गरेका छन् ।
नोभेम्बर महिना बेलायत नेपाली कलाकारहरुको उपस्थितिले नेपालमय बन्ने भएको छ । नोभेम्बर पहिलो साताबाट नेपाल आइडल विजेताहरुको पनि विभिन्न शो हुंदैछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा