बेइजिङ, ८ कात्तिक (रासस-एएफपी) – चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी जिनपिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्को पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ ।
राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उहाँलाई सो पदमा पुन अर्को पाँच बर्षका लागि निर्वाचित गरेको हो ।
सो महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बुधबार मतदान गरी सीलाई अर्को पाँच बर्षे कार्यकालका लागि पनि पार्टीको महासचिव चयन गरेको हो ।
चिनियाँ समाचार समिति, सिन्ह्वाले दिएको जानकारीअनुसार चीनको सबैभन्दा शक्तिशाली उक्त पदमा उहाँलाई बुधबार बिहान बन्द कोठाभित्र भएको मतदानले निर्वाचित गरेको थियो ।
सो महाधिवेशनले नै हिजो आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरु पनि नियुक्त गरेको थियो ।
गएको करिब हप्तादिनदेखि बेइजिङ्मा जारी पार्टीको महाधिवेशनमा उहाँ एकपछि अर्को गरी शक्तिशाली भएका उदाहरणहरु पनि प्रस्तुत भएका थिए ।
उक्त महाधिवेशले राष्ट्रपति जिनपिङको नाम तथा उहाँको विषयमा संविधानमा नै लेख्ने निर्णय पनि गरेको थियो । जसका कारण उहाँ चिनियाँ नेता माओ पछिको सबैभन्दा बढी लोकप्रीय र शक्तिशाली बन्ने निश्चित भएको छ ।
उहाँले चिनियाँ कम्युनिष्ट पार्टीमा र चीनमा अख्तियार गर्नुभएको नीति र कार्यक्रमलाई अब चीनको प्रमुख नीतिका रुपमा लिइने र त्यस विषयमा चिनियाँ विद्यालय र विश्वविद्यालयमा पनि अध्ययन अध्यापन गरिने बताइएको छ ।
उहाँले बुधबार बिहानै आफू चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा नियुक्त भएको जानकारी पत्रकार सम्मेलनमा गराउनुभएको थियो ।
उहाँले पत्रकार सम्मेलनमा नै आफूले आगामी पाँच बर्षमा गर्ने कार्यक्रमहरुको बारेमा पनि सो पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभएको थियो ।
उहाँले सो पत्रकार सम्मेलन गरिरहँदा उहाँको साथमा हिजोमात्र नियुक्त भएका चिनियाँ कम्युनिष्ट पार्टीका छ जना पोलिटब्युरो सदस्य पनि रहनुभएको थियो ।
उहाँहरुले पनि आगामी पाँच बर्षमा आफूहरुले पार्टी र सरकारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा