लन्डन । दशमा एक जना बेलायती पुरुषले यौनसम्पर्कका लागि पैसा खर्चने एउटा नयां अध्ययनले देखाएको छ ।
२५ देखि ३४ वर्ष उमेर समूहका पेशवर जो मदिरापान र लागू औषध लिन्छन्, उनीहरु वेश्यालय जाने गरेको सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन्स् जर्नलमा प्रकाशित एउटा अध्ययनमा उल्लेख छ ।
दि इन्डिपेन्डेन्ट अखवारका अनुसार, ६ हजार एकसय आठ जना पुरुषमाथि गरिएको अध्ययनमा करिब एघार प्रतिशत पुरुषले आफ्नो जीवनको कुनै न कुनै कालखण्डमा किनेर यौनसम्वन्ध राखेका पाइएको छ भने पछिल्लो पांचवर्षयता चार प्रतिशतले पैसा खर्चेर सेक्सको आनन्द लिएका छन् । सेक्स् पार्टनर हुनेहरुमध्ये १६ प्रतिशतले पांचवर्षयता पैसा तिरेर कम्तीमा पांच पटक वा त्यो भन्दा बढी सेक्स गरेको अध्ययनमा छ । पांचवर्ष समयावधिमा सातामा एकपटक मात्ने गरि मदिरा सेवन गरेका ६ प्रतिशत र १२ महिना यता कडा लागू औषध लिएका १४ प्रतिशत पुरुषले सेक्समा पैसा खर्चेको अध्ययनले दर्शाएको छ । वेश्यालय चहार्ने ६० प्रतिशत भन्दा बढि पुरुषले बेलायत बाहिर युरोप वा एसिया जांदा समेत किनेर यौन सम्पर्क राख्ने गरेको अध्ययनमा छ ।
पैसामा यौन किन्ने १८ प्रतिशतले जीन्दगीमा अन्दाजी ३२ सेक्स् पार्टनरसंग सेक्स सम्वन्ध राखेका पाइएको छ ।
१७ देखि ७४ वर्ष उमेर समूहका पुरुषमा केन्द्रित रहेर गरिएको सर्वेक्षणले उक्त तथ्य प्रकाशमा ल्याएको हो । अध्ययनका सहभागीले कम्प्युटरबाट गरिएको स्वअन्तर्वार्तामार्फत उत्तर दिएका थिए । सन् २०१० देखि २०१२ सम्म यूसिएल, स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिन र नेटसेन सोसियल रिसर्चका अनुसन्धानकर्ताहरुले गरेको नेशनल सर्भे अफ सेक्सुअल एटिट्यूडस् एण्ड लाइफ स्टाइल्स् मा नयां तथ्य आधारित छ । यूसिएल इन्फेक्सन् एण्ड पपुलेशन हेल्थका डा. क्याथ मर्सरले सेक्समा पैसा खर्चने पुरुषहरु यौन संक्रमणको जोखिममा रहेपनि उनीहरुको सम्पर्कले संक्रमण बढेको भन्ने चाहिं नभएको बताए ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण