लन्डन । दशमा एक जना बेलायती पुरुषले यौनसम्पर्कका लागि पैसा खर्चने एउटा नयां अध्ययनले देखाएको छ ।
२५ देखि ३४ वर्ष उमेर समूहका पेशवर जो मदिरापान र लागू औषध लिन्छन्, उनीहरु वेश्यालय जाने गरेको सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन्स् जर्नलमा प्रकाशित एउटा अध्ययनमा उल्लेख छ ।
दि इन्डिपेन्डेन्ट अखवारका अनुसार, ६ हजार एकसय आठ जना पुरुषमाथि गरिएको अध्ययनमा करिब एघार प्रतिशत पुरुषले आफ्नो जीवनको कुनै न कुनै कालखण्डमा किनेर यौनसम्वन्ध राखेका पाइएको छ भने पछिल्लो पांचवर्षयता चार प्रतिशतले पैसा खर्चेर सेक्सको आनन्द लिएका छन् । सेक्स् पार्टनर हुनेहरुमध्ये १६ प्रतिशतले पांचवर्षयता पैसा तिरेर कम्तीमा पांच पटक वा त्यो भन्दा बढी सेक्स गरेको अध्ययनमा छ । पांचवर्ष समयावधिमा सातामा एकपटक मात्ने गरि मदिरा सेवन गरेका ६ प्रतिशत र १२ महिना यता कडा लागू औषध लिएका १४ प्रतिशत पुरुषले सेक्समा पैसा खर्चेको अध्ययनले दर्शाएको छ । वेश्यालय चहार्ने ६० प्रतिशत भन्दा बढि पुरुषले बेलायत बाहिर युरोप वा एसिया जांदा समेत किनेर यौन सम्पर्क राख्ने गरेको अध्ययनमा छ ।
पैसामा यौन किन्ने १८ प्रतिशतले जीन्दगीमा अन्दाजी ३२ सेक्स् पार्टनरसंग सेक्स सम्वन्ध राखेका पाइएको छ ।
१७ देखि ७४ वर्ष उमेर समूहका पुरुषमा केन्द्रित रहेर गरिएको सर्वेक्षणले उक्त तथ्य प्रकाशमा ल्याएको हो । अध्ययनका सहभागीले कम्प्युटरबाट गरिएको स्वअन्तर्वार्तामार्फत उत्तर दिएका थिए । सन् २०१० देखि २०१२ सम्म यूसिएल, स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिन र नेटसेन सोसियल रिसर्चका अनुसन्धानकर्ताहरुले गरेको नेशनल सर्भे अफ सेक्सुअल एटिट्यूडस् एण्ड लाइफ स्टाइल्स् मा नयां तथ्य आधारित छ । यूसिएल इन्फेक्सन् एण्ड पपुलेशन हेल्थका डा. क्याथ मर्सरले सेक्समा पैसा खर्चने पुरुषहरु यौन संक्रमणको जोखिममा रहेपनि उनीहरुको सम्पर्कले संक्रमण बढेको भन्ने चाहिं नभएको बताए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’