लन्डन । देश विदेशमा अत्यधिक रुचाइएको पहिलो रियालिटी शो ‘नेपाल आइडल ०१७’ का विजेताहरु पहिलो पटक बेलायत आउने निश्चित भएको छ । नोभेम्बर पहिलो साताबाट बेलायतका विभिन्न ५ शहरमा हुने लाइभ कन्सर्टमा आफ्नो कला देखाउन उनीहरुको भिजा लागिसकेको आयोजकले जनाएका छन् ।
सोमबार सांझ लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित एक पत्रकार सम्मेलनमा आयोजकहरुले अक्टोबर ३० मा नेपाल आइडलका विजेताहरु बुद्ध लामा (नेपाल आइडल), निसान भट्टराई र प्रताप दास एवं टप टेनभित्रकी प्रमिला राई बेलायत आउन लागेको जानकारी दिए ।
नेपाल आइडल विजेताको पहिलो शो आगामी नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हलमा हुने तयारी छ । त्यसैगरि, नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने आयोजकमध्ये एक मनकामना रेमिटका प्रवन्ध निर्देशक राजाराम गिरीले जनाए । मनकामना रेमिट, पोखरा ट्राभल र मुनटाज इन्टरनेशनलले बेलायतमा नेपाल आइडल ल्याउन लागेका हुन् । हयारो लिजरमा हुने शो उमेशराज मोक्तान र चित्रबहादुर गुरुङ, रेडिङ शो सपनकुमार राई र प्लमस्टेड शो दीपक थापाले आयोजना तथा व्यवस्थापन गर्ने जिम्मेवारी लिएका छन् ।
वीकडेज शो सांझ ६.३० र वीकेन्ड शो सांझ ५ बजे हुनेछ भने टिकट ढोकामा खरिद गरे २५ पाउण्ड र एडभान्स बुकिङमा २० पाउण्ड हुने जनाइएको छ । दश वर्ष मुनीका बालबालिकालाई निशुल्क प्रवेश र १० देखि १५ वर्षभित्रकालाई टिकट शुल्क १५ पाउण्ड लाग्ने आयोजकले बताएका छन् ।
पत्रकार सम्मेलनमा मनकामना रेमिटका प्रवन्ध निर्देशक राजाराम गिरीले नेपाल आइडलकै सरहको गुणस्तरिय शो बेलायतमा पनि गरिने जनाए । देश विदेशका लाखौं श्रोता दर्शकले नेपाल आइडल विजेताको प्रस्तुति टेलिभिजनबाट हेरेपनि बेलायतवासी नेपालीलाई विजेताहरुसंग प्रत्यक्ष साक्षात्कार गराउने आफूहरुको उद्देश्य रहेको गिरीले बताए । नेपाल आइडलमार्फत नयां प्रतिभालाई प्लेटफर्म र नेपाली संगीत अन्तर्राष्ट्रियस्तरमा पुगेको बताउंदै गिरीले समस्त बेलायतवासी नेपालीलाई शो हेरिदिन आग्रह गरेका छन् । ‘बेलायतका हजारौं नेपालीले नेपाल आइडल बनाउन आफ्नो समय र पैसा खर्चनुभयो । अहिले उनीहरु आफ्नै शहरमा आउंदा हामीलाई साथ र कलाकारलाई हौसला दिनुहुने आशा छ’, गिरीले भने ।
पत्रकार सम्मेलनमा नेपाल आइडल लाइभ इन यूकेका सह आयोजकहरु उमेशराज मोक्तान, सपनकुमार राई र दीपक थापाले कार्यक्रममा कुनै ‘कम्प्रमाइज’ नगरिने विश्वास दिलाए । ब्यानरको सट्टा स्क्रिनमा लाइभ प्रोजेक्सनसहित लाइभ म्यूजिक र भिआइपीलाई बेग्लै सिट प्लान गर्ने सोच आयोजकको छ । साउण्ड सिस्टमको जिम्मा अनुभवी हेम विष्टलाई दिइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा