टोकियो, जापान, ५ कात्तिक (रासस) -तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै जापानका नेपाली एकत्रित भएर टीका थापेका छन् ।
दिदीबहिनीले दाजुभाइप्रति निष्ठा र दिर्घायुको आशिष तथा दाजुभाइले सक्दो दानदक्षिणा गरी दाइभाइ र दिदीबहिनी बनेर यहांका नेपालीले विविधतामा एकताको सन्देश दिएका हुन् ।
टोकियोका धेरै स्थानमा समूह बनाएर सामूहिकरुपमा खेलेको देउसी भैलोमा तडक भडक र बढ्दो विकृति हटाउन हालैका दिनमा बढ्दो साउण्ड स्पिकरको प्रयोग गरेनन् । हरेकका हातमा हुने मोबाइल पनि नबजाएका उनीहरुले परम्परागत महत्व झल्काउन एकापसमा को कहाबाट आएको र के जात हो भनेर कसैले सोधेनन् । जानेको नेपाली कला संस्कार प्रस्तुत गरी देशमा दिगो शान्तिको कामना गरेका छन् ।
एकताको सन्देश दिन नचिनेको र टाढाको सम्बन्धलाई एकापसमा टीका लगाएर नजिक बनाउने प्रयास गरिएको योपटकको भाइटीका साइत अबेर भएकाले धेरैले जापानी समयअनुसार ३ बजेपछि लगाए । बढ्दो नेपालीको उपस्थितिसँगै ओशाका, नागोया, फुकुओकालगायतका स्थानका नेपालीले पञ्चाङ्ग निर्णायक समितिको साइत भन्दै ११ बजेर ५१ मिनेटको शुभकार्यलाई जापानी समयअनुसार ३ बजेर ५ मिनेटमा टीका लगाएका हुन् ।
कतिपयले बेलुका कामबाट निस्केर दिदीबहिनी भएको स्थानमा गएर टीका लगाएको र देउसी भैलोमा प्राप्त गरेको दक्षिणासहितका दृष्य सामाजिक सञ्जालमा अपलोड गरेका थिए । कुकुरलाई माला लगाएर तिहार भित्रयाएका यहांका नेपालीले नेपालमा जस्तै सेलरोटी, फिनी, लड्डु, रसबरीलगायतका मीठा परिकार बनाएको र मादल, गितारमा भटाएर नाचेको परम्परागत देउसी भैलोमा जापानी नागरिक उत्साहित भएका थिए ।
तिहारलाई लक्षित सप्तरंगी फूल, टीका, माला र मीठा परिकार बाहिरै बिक्रीका लागि राखिएका पसलमा जापानीसँगै अन्य विदेशी पनि किन्न पुगेका दृष्य अनौठा थिए । शुक्रबार चितवन समाजले टोकियोको सिनओकुबोमा शुरु भएको देउसी भैलो कार्यक्रममा बाक्लो उपस्थिति थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार