
वाशिङ्टन डिसी, ३१ असोज (रासस) – संयुक्त राष्ट्रसंघको ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ ।
विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भएका छन् ।
एशिया प्रशान्त क्षेत्रको चार सिटमध्ये एकमा नेपाल निर्वाचित भएको हो । नेपाल परिषद्मा निर्वाचित भएपछि न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि दुर्गा भट्टराईले नेपालले अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारको क्षेत्रमा प्रतिबद्धता जनाएअनुसारको काम गरेकाले निर्वाचित हुन सफल भएको प्रतिक्रिया दिनुभयो । यसले नेपालको छवि अन्तर्राष्ट्रिय मञ्चमा बढाउन प्रेरक भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संघको ७२औँ महासभालाई सम्बोधन गर्ने क्रममा उक्त परिषद्मा नेपालको पनि प्रतिनिधित्व गराउन प्रस्ताव गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसंघको विश्वभर मानव अधिकार रक्षा र प्रवद्र्धनका लागि स्थापित उच्चस्तरीय अन्तरसरकारी संयन्त्रका रूपमा उक्त परिषद्ले काम गर्ने गर्छ । नेपाललगायतका देशले आगामी जनवरी १, २०१८ देखि उक्त परिषद्को जिम्मेवारी जेनेभास्थित कार्यालयबाट वहन गर्ने भएका छन् ।
नेपालले गत अगष्टमा न्यूयोर्कस्थित स्थायी नियोगबाट उम्मेदवारी दिएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी