मेक्सिको सिटी, २९ असोज (रासस-सिन्ह्वा) – मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ ।
अहिले पनि मेक्सिकोका विभिन्न सहरहरुमा यस्ता पूर्व सूचना प्रणाली जडान गरिएको छ । त्यस कार्यक्रमलाई थप विस्तार गरिने भएको जानकारी दिइएको छ ।
मेक्सिकोमा गएको सेप्टेम्बर महिनामा मात्र दुई ठूला भूकम्प गएका थिए । सेप्टेम्बर १९ मा गएको पछिल्लो भूकम्प ७.१ रेक्टर स्केलको थियो । यसबाट ठूलो जनधनको क्षति पुगेको थियो ।
महिना दिनमा नै यसरी पराकम्पनमात्र नभएर दुई ठूला र अलग अलग भूकम्पका कारण यहाँको जनजीवन अत्यन्तै प्रभावित पनि भएको थियो । त्यहाँ भूकम्पको जोखिम रही नै रहेको भन्दै यसबाट आगामी दिनमा हुनसक्ने क्षति कमगर्न पूर्व सूचना प्रणाली जडान गर्न लागिएको बताइएको छ ।
मेक्सिको सिटीका मेयर माइगल एन्जेल मनसेराले आइतबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको छ । उहाँले विशेषगरी मेक्सिको सिटीमा यो पूर्व सूचना प्रणाली जडान गरिने तयारी गरिएको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार उक्त सिटीमा एक हजार वटा यस्ता पूर्व सूचना प्रणाली जडान गरिने र तिनीहरु विशेषगरी विद्यालय, भूकम्पीय हिसाबले बढी जोखिमपूर्ण अवस्थामा रहेका स्थानहरुका साथै बाक्लो बस्ती र अग्ला घरहरु रहेका स्थानमा जडान गर्न लागिएको हो ।
मेक्सिकोका विभिन्न स्थानमा यसअघि नै पनि यस्तो प्रणाली जडान गरिएको छ । तर थप भूकम्पीय जोखिमका समाचारहरु आइरहेकोले यो प्रणालीलाई थप विस्तार गर्न लागिएको पनि सो समाचारमा जनाइएको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै