लक्जेमवर्ग, २७ असोज (रासस-एएफ्पी) – यूरोपियन यूनियन (इयू) आयोग प्रमुख जाँ क्लाउड यङ्करले शुक्रबार ब्रेक्जिट व्यापार वार्ताका लागि पूर्व प्रतिवद्धता अनुरूप बेलायतले आर्थिक दायित्व बहन गर्नुपर्ने बताउनुभएको छ ।
यङ्करले रेष्टुरेण्टमा गएर एक चरण रक्सी (वियर) खाएर बाहिरिने समूहले विल नतिर्ने कुरा नाजायज हुने तर्क गर्दै लक्जेम्वर्गको एक विश्वविद्यालयमा भएको कार्यक्रममा भन्नुभयो, ‘बेलायतीहरूले दिनप्रतिदिन नयाँ समस्या आएको महसुस गरिरहेका छन् । त्यसैले बेलायतको बहिर्गमन प्रक्रिया पहिले सोचिएभन्दा लम्बिन सक्ने देखिएको छ ।’
उहाँले थप्नुभयो, ‘यदि तपाई एउटा होटेलमा बसेर २८ वटा वियर माग्नुभयो र एक्कासी तपाईको कोही साथी केही वियर सकिएपछि बाहिरियो भने उसले होटेलको आर्थिक दायित्व बहन गर्ने कि नगर्ने ?’
यङ्करले भन्नुभयो, ‘मैले बेलायतसँग बदलाको भावले यो कुरा उठाएको छैन । यूरोपियनहरू उनीहरूसँग आभारी नै हुनुपर्छ किनकि विश्वयुद्धका समय, युद्ध पहिले र पछाडि पनि यूरोपका सवै मुलुकमा बेलायतीहरूले धेरै कुरा भित्राए । तर तिनीहरूले अहिले यूरोपलाई केही आर्थिक दायित्व व्यहोरेर सहयोग गर्नुपर्छ ।’
लक्जेमवर्गका पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका यङ्करले बेलायतमा बसोबास गर्दै आएका नागरिकको अधिकारको विवाद अनावश्यक भएको बताउनुभयो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि