हनोई, २७ असोज (रासस-एएफपी) – भियतनामका उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भारी वर्षा र भीषण बाढी पहिरोले गर्दा जनजीवन अस्तव्यस्त बनाएको छ ।
उक्त बर्षा र बाढीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५४ पुगेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
भीषण बर्षापछिको बाढी पहिरो कैयौँ बर्षयता आएका बाढी पहिरो भन्दा भयानक भएको बताइएको छ । बर्षा जारी रहेकोले उद्वारको कार्य निकै कठिन भएको पनि समाचारमा जनाइएको छ ।
उत्तरी र मध्य क्षेत्रका कैयौँ प्रान्तमा परेको भारी बर्षाबाट अझै पनि ३९ जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
यसैबीच मौसम विज्ञहरुले अर्को एक भीषण आँधी आफ्नो देशतर्फ आइरहेको चेतावनी दिएका छन् । यसका लागि सतर्क हुनुपर्नेमा उनीहरुको जोड रहेको छ ।
हराइरहेका व्यक्ति जिवीतै भेटिने सम्भावना कम रहेको उद्वारकर्मीहरुले जनाएका छन् । भीषण वर्षाका कारण कतिपय बाँधहरू भत्किएका छन् भने ठाउ ठाउमा पहिरो गएको छ ।
हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले ठूलो मात्रामा जनधनको क्षति पुगेको बताएको छ ।
यस बाढीका कारण सबैभन्दा बढी प्रभावित हुनेमा होआ बिन प्रान्त रहेको छ । सो प्रान्तमा मात्र २६ जनाको ज्यान जानुको साथै केही व्यक्ति हराइरहेका छन ।
त्यसैगरी मध्ये प्रान्त थान्ह होआ १४ को मृत्यु भएको हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रणका अधिकारीहरुले जानकारी दिएको छ ।
मङ्गलबारदेखि जारी रहेको यस वर्षाको कारण शुक्रबार पनि कैयौँ प्रान्त जलमग्न रहेको बताइएको छ ।
भियतनाममा यसै बर्षको सुरुमा पनि जारी भारी बर्षा र आँधीका कारण करिब १७० व्यक्तिको मृत्यु भएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी