
एथेन्स, ग्रीस, २४ असोज (रासस-एएफ्पी) – ग्रीसको संसदले मङ्गलबार १५ बर्ष माथिका किशोर किशोरीलाई लिङ्ग परिवर्तन गर्ने गरी सुधार गरिएको कानूनलाई अनुमोदन गरेको छ ।
यस कानूनी प्रावधानप्रति ग्रीसको अर्थोडक्स चर्चले विरोध जनाएको छ ।
ग्रीसको बामपन्थी सत्ताधारी सिरिजा पार्टीले एक अर्को उदारवादी पोटामी पार्टीको सहयोगमा २८५ सदस्य रहेको संसदमा १४८ मतद्वारा लिङ्ग परिवर्तन सम्वन्धि कानूनलाई पास गरेको हो ।
सिरिजा पार्टीको राष्ट्रवादी गठवन्धन, एनेल पार्टीका नौमध्ये एकले मात्र कानूनको समर्थन गरेको छ ।
विद्यमान् कानून अनुसार ग्रीसमा आफ्नो लैङ्गिक पहिचानका लागि लिङ्ग परिवर्तन गर्न चाहने व्यक्तिले पहिले शल्यक्रिया गर्नुपर्ने वाध्यता रहेको थियो । नयाँ कानूनले यसलाई अनिवार्य गर्ने छैन ।
प्रमुख प्रतिपक्षी दल न्यू डेमाक्रेसीले लिङ्ग परिवर्तन गर्ने कानूनलाई समर्थन जनाएको भएपनि उमेर हदलाई १८ बर्ष तोक्नु पर्ने अडान राखेको थियो ।
तेस्रो लिङ्गी नागरिकले आँफू फरक लैङ्गिक पहिचान भएकै कारण अपमानित हुनुपर्ने थियो यसलाई हामीले तोड्नु र उनीहरूको अधिकार दिनु पथ्र्यो र आज यो भएको छ, ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले बताउनुभयो ।
‘आवाजविहिन तथा समुदायमा दवाइएका अल्पसङ्ख्यक नागरिकको पक्षमा सरकार थियो र अव उनीहरूले अपमानित हुनुपर्ने छैन’, उहाँले थप्नुभयो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]