लन्डन । एभरेष्ट इनका एक्जुकेटिभ सेफ शंकर पाण्डेले इन्टरनेशनल इण्डियन सेफ अफ दि इयर प्रतिष्पर्धामा रनरअप पुरस्कार प्राप्त गर्न सफल भएका छन् । लन्डनस्थित आइएलइसी कन्फरेन्स सेन्टरमा सोमबार आयोजित गाला डिनरमा पाण्डेले उक्त प्रतिष्ठित पुरस्कार ग्रहण गरेको एभरेष्ट इनले जनाएको छ ।
कोलम्बिया १४०० की संरक्षक बेलायती प्रिन्सेस एनको समुपस्थितिमा उक्त पुरस्कार पाएपछि पाण्डेले प्रसन्नता व्यक्त गर्दै यसले गौरवान्वित बनाएको बताएका छन् । पुरस्कारले अझ स्वादिष्ट खाना पस्कने चुनौति थपिएको उनले बताए ।
कुल आठ हजार आवेदनमध्ये टप ८ मा सेकेन्ड भएका पाण्डेले गत साता लन्डन देखि ग्लास्गोसम्मको यात्रामा भर्जिन ट्रेनभित्रै सहयोगी बिना खाना प्रदर्शन गरेका थिए । उनी एभरेष्ट इनमा स्थापनाकाल अर्थात विगत १५ वर्षदेखि आवद्ध छन् । एभरेष्ट इनका ब्ल्याकहिथ, आसफोर्ड, हाइथ र स्कटल्याण्डमा शाखा छन् भने पाण्डे ति रेष्टुरेन्टका अलराउण्डर एक्जुकेटिभ सेफ हुन् ।
मिसलेन स्टारसहित इटालियन, युरोपियन रेष्टुरेन्टमा समेत सेफ भएर काम गरेको अनुभव उनीसंग छ ।
एभरेष्ट इनले यसअघि एसियन करी अवार्ड, ओरन्टियल एण्ड एसियन सेफ अफ द इयर जस्ता अवार्ड पाइसकेको छ । उक्त रेष्टुरेन्टका खाना बेलायतको पार्लियामेन्ट, विदेश मन्त्रालय, नेपाली दूतावास आदि निकायमा जान्छ र कयौं बेलायती तथा भारतीय सेलिब्रेटीहरुको रोजाइमा छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’