लन्डन । एभरेष्ट इनका एक्जुकेटिभ सेफ शंकर पाण्डेले इन्टरनेशनल इण्डियन सेफ अफ दि इयर प्रतिष्पर्धामा रनरअप पुरस्कार प्राप्त गर्न सफल भएका छन् । लन्डनस्थित आइएलइसी कन्फरेन्स सेन्टरमा सोमबार आयोजित गाला डिनरमा पाण्डेले उक्त प्रतिष्ठित पुरस्कार ग्रहण गरेको एभरेष्ट इनले जनाएको छ ।
कोलम्बिया १४०० की संरक्षक बेलायती प्रिन्सेस एनको समुपस्थितिमा उक्त पुरस्कार पाएपछि पाण्डेले प्रसन्नता व्यक्त गर्दै यसले गौरवान्वित बनाएको बताएका छन् । पुरस्कारले अझ स्वादिष्ट खाना पस्कने चुनौति थपिएको उनले बताए ।
कुल आठ हजार आवेदनमध्ये टप ८ मा सेकेन्ड भएका पाण्डेले गत साता लन्डन देखि ग्लास्गोसम्मको यात्रामा भर्जिन ट्रेनभित्रै सहयोगी बिना खाना प्रदर्शन गरेका थिए । उनी एभरेष्ट इनमा स्थापनाकाल अर्थात विगत १५ वर्षदेखि आवद्ध छन् । एभरेष्ट इनका ब्ल्याकहिथ, आसफोर्ड, हाइथ र स्कटल्याण्डमा शाखा छन् भने पाण्डे ति रेष्टुरेन्टका अलराउण्डर एक्जुकेटिभ सेफ हुन् ।
मिसलेन स्टारसहित इटालियन, युरोपियन रेष्टुरेन्टमा समेत सेफ भएर काम गरेको अनुभव उनीसंग छ ।
एभरेष्ट इनले यसअघि एसियन करी अवार्ड, ओरन्टियल एण्ड एसियन सेफ अफ द इयर जस्ता अवार्ड पाइसकेको छ । उक्त रेष्टुरेन्टका खाना बेलायतको पार्लियामेन्ट, विदेश मन्त्रालय, नेपाली दूतावास आदि निकायमा जान्छ र कयौं बेलायती तथा भारतीय सेलिब्रेटीहरुको रोजाइमा छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि