लस एन्जेलस, २४ असोज (रासस-सिन्ह्वा) – अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको समाचार छ ।
क्यालिफोर्नियाको अंगुर बगानमा बढी मात्रामा डढेलो लागेको हो । दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगोलागेको थियो ।
यसमा परी कम्तीमा १० जनाको ज्यान गएको छ भने अरु करिब २० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ ।
हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफै भाग्न सकेका थिए भने अरु कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ ।
यहाँको विशेषगरी अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झालले गर्दा बढी मात्रामा डढेलो लागेको थियो । प्राय अंगुर रहेको क्षेत्रमा बढी क्षति पुगेको छ । प्राय सबै संरचनाहरु ध्वस्त बनाएको पाइएको छ ।
यसमा परी कम्तीमा १ हजार ५०० सय घर जलेर ध्वस्त भएका छन् । अरु पनि स्थानीय संरचनाहरु जलेर खरानी भएका छन् ।
प्राप्त समाचारअनुसार क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्र सातजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनीहरुले क्यालिफोर्निया राज्यमा यो पहिलो पटक यति खतरनाक डढेलो लागेको बताएका छन् ।
आगलागीको नियन्त्रणका लागि भएका प्रयासहरु पनि प्रभावकारी हुन सकेका छैनन् । निकै ठूलो आगोको मुस्लोले उक्त राज्यको हजारौँ हेक्टर जमिन ढाकेको छ ।
यसको नियन्त्रणका लागि सहज होस भनेर सबैतिर बन्द सगरिएको छ भने क्यालिफोर्नियाका गभर्नरले आपतकालको घोषणा गर्नुभएको छ ।
आइतबार रातिबाट अकस्मात उक्त क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो । त्यसको कारणको खोजी गरिरहेको प्रहरीले किन र कसरी डढेको सुरु भयो भन्ने बारेमा कुनै तथ्य भेट्न सकेको छैन ।
वाइनका लागि तथा सामान्य उपभोगका लागि पनि क्यालिफोर्नियामा अंगुर उत्पादन गर्ने गरिन्छ । सो बगानमा हजारौँ कामदार छन् । उनीहरुलाई आइतबार राति नै हेलिकोप्टरले सुरक्षित ठाउँमा लगेको बताइएको छ ।
आगोको गति निकै तीब्र रहेका बाइएको छ । तीब्र हावाका कारण आगोको लप्काहरु पनि चाँडै नै विस्तारित भएको बताइएको छ । तातो हावा र सुख्खा मौसमका कारण आगो चाँडै फैलिरहेको छ ।
अमेरिकाको मौसमसम्बन्धी राष्ट्रिय सेवाले सान फ्रान्सिस्को क्षेत्रमा सुख्खापन बढी भएको र तीब्र गतिमा हावा बहेको कारणले गर्दा सो क्षेत्रमा आगो पनि तीब्र गतिमा फैलिनसक्ने चेतावनी सर्वसाधारणमा जारी गरेको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]