काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामाले आइतबार विज्ञप्ति प्रकाशित गर्दै उक्त घोषणा गरेका हुन् । एनआरएनएको आठौं महाधिवेशन यही साता अक्टोबर १४–१७ सम्म काठमाण्डौंमा हुदैंछ ।
सन् २००८ देखि एनआरएनमा जोडिंदै आएका लामा विगत दुई दशकदेखि अमेरिकाका स्थायी बासिन्दा हुन् । मुस्ताङ्गमा जन्मिएका लामाले आफ्नै लगानीमा अमेरिकाको विभिन्न शहरमा नेचुरल अर्गानिक फुड डिपार्टमेण्टल स्टोर खोलेका छन् । उनले अर्गानिक फुड र होटल रेष्टुरेन्टमा लगानी गर्दै आएका छन् ।
संघको अन्र्तराष्ट्रिय समन्वय परिषदमा दुई पटकसम्म काम गरिसकेका लामा क्षेत्रीय सहसंयोजक हुँदै हाल अमेरिका क्षेत्रको संयोजक हुन् । संसारको सबैभन्दा अग्लो स्थान मुस्ताङ्गमा बुद्धमुर्ति स्थापना गर्ने अभियानमा जुटेका लामाले आपतकालिन कोष, विभिन्न अक्षयकोषलगायत बाढीपीडित र हाल भूकम्पपीडितका लागि लाप्राकमा नमुना बस्ती बनाउने अभियानमा जुटेका छन् ।
लामाको घोषणापत्र
सम्पूर्ण गैर आवासीय नेपाली संघका साथीहरु, मेरा अग्रज र अध्यक्षज्यूहरु,
यस संघको आठौं महाधिवेशन यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुनगइरहेको अवस्थामा मैले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराउन चाहान्छु । आजको यो एनआरएनको अभियानमा यहाँसम्म आइपुग्दा आफूलाई उपाध्यक्ष पदमा प्रस्तुत गर्नपाउँदा खुशी लागेको छ । डा. उपेन्द्र महतोदेखि शेषघलेसम्म आइपुग्दा यससंघको गरिमामय छविलाई हृदयगमगर्दै अबका दिनपनि जिम्मेवारीपूर्वक कार्यगर्ने हेतुले यस अभियानमा जोडिएर अघि बढ्न पाएकोमा मलाई गर्वको अनुभूति भएको छ । मेरो सहकार्य ७८ देशमा रहेका सम्पूर्ण एनआरएन र आइसीसीसँग गर्दै देशका विभिन्न क्षेत्रमा भइपरी आउने परिघट्नामा सामेल हुने रहर छ ।
१) संस्था र साथीहरुद्धारा अघि सारेका समाज कल्याण, देश राष्ट्रहितका कुनैपनि कार्यमा मेरो तनमन र धनलाई खर्चिनेछु ।
२) हामी एनआरएनहरुको दोश्रो गाउँ लाप्राक नमुना बस्ती करिब करिब अन्तिम चरणमा छ । मैले पनि यो अभियानमा शुरुका दिन देखि सेवा गर्ने मौका पाएको छु । वर्तमान अध्यक्षज्यूसंगसंगै हातमा हात मिलाउदै अब थोरै मात्र बाँकी रहेको काम पुरा गर्न म कुनै पनि मूल्यमा पछि हट्ने छैन् ।
३) हामी सबैको सपना र नेपाल नेपाल बाहिर बस्ने नेपालीहरुको एकतालाई एकतावद्ध गर्दै जिम्मेवारी लिन चाहन्छु ।
४) भविष्यका लागि युवापुस्तालाई जोड्न हामीले हिजो भन्दा आज र भोलिका लागि फरक कार्यक्रम गर्दै हामी नभएपनि हाम्रा छोराछोरी, नातीनातीनाहरुलाई मुलुकसंग जोडी राख्न नागरिकता निरन्तरताको लागि हिजोको भन्दा धेरै सकृय हुनेछु ।
५) दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा जुट्दै युवाहरुलाई विदेश जाने वातावरण बन्द गर्ने अभियानमा लाग्नेछु ।
हिजो जसरी देशमा परेको संकटमा सबैसंग कांधका कांध मिलाएर काम गरेको थिएं । देशमा चलेको चर्को नाकाबन्दी होस् वा भूकम्प पीडित साथै सप्तरीमा बाढीपीडित हरेक आइपर्ने संकटको अवस्थामा राष्ट्र र नागरिकलागि सदैव खट्ने प्रण गर्दछु । यसैगरी यही खटाइलाई निरन्तरता दिन मेरो उम्मेदवारी आएको यहाँहरुसमक्ष जानकारी गराउन चाहन्छु । सम्पूर्ण गैरआवासीय नेपालीलगायत देशभित्रका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा अबको मेरो कार्यकाललाई सहयोग गरि सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु । र एनआरएनप्रतिको मेरो कर्तव्य पूरा भएको विश्वास ठान्दछु ।
अन्त्यमा, सबैलाई एनआरएनएमा आवद्ध भई एनआरएनले अघि सारेका हरेक परियोजनामा साथ भई विकासमा सहभागी हुन आग्रह गर्दै यही साता नेपालमा हुने हाम्रो विश्व सम्मेलमा भेटने विश्वासका साथ विदा माग्दछु ।
जय एनआरएन
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी