नयाँदिल्ली, १९ असोज (रासस-सिन्ह्वा) – भारतको राष्ट्रिय निर्वाचन आयोगले आउदो बर्ष सन् २०१८ मा राज्य सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचन एकैपटक गर्न तयार रहेको जनाएको छ ।
‘हामी तोकिएकै समयमा सन् २०१८ को सेक्टेम्बरमा एकसाथ निर्वाचन गराउन व्यवस्थापकीय हिसावले तयार छौं, यसका लागि अव सरकारको तर्फबाट निर्णय आउन र कानुनी व्यवस्था गर्न आवश्यक छ’, आयोगका आयुक्त ओ.पी. राउतले पत्रकारहरुसँग भन्नुभयो ।
आयोगका उच्च अधिकारीहरुले अर्को बर्ष निर्वाचन गर्नका लागि आयोगले विद्युतीय मतदान यन्त्र तयार पार्न लगाईसकेको जानकारी दिए । उनका अनुसार अर्को बर्ष सम्ममा तयार हुनेगरी काम भइरहेको छ ।
‘हामीसँग जति मतदाता हुन्छन्, ती सवैको सम्पूर्ण विवरण सन् २०१८ को सेप्टेम्बर २ सम्ममा हामी रुजु गरेर सक्नेछौं’, उहाँले भन्नुभयो ।
भारतमा आउदो सन् २०१९ सम्ममा आम निर्वाचन गरिसक्नु पर्ने अवस्था छ । तर सवै राज्यहरुमा त्यही बर्ष नै निर्वाचन गराउनु पर्ने तालिका भने छैन । भारतमा हरेक पाँच पाँच बर्षमा निर्वाचन हुने गर्दछ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी