
स्टकहोम (स्विडेन), १८ असोज (रासस-एएफपी) यस बर्षको रसायन शास्त्र बिधातर्फको नोबेल पुरस्कारबाट तीन जना बैज्ञानिक सम्मानित भएका छन् ।
रसायन शास्त्र बिधामा निरन्तर अनुसन्धान र नवीन आबिष्कारमा समर्पित तीन जना बैज्ञानिकहरु – जाकेस डुबोसेट, जोएसिम फ्र्याङ्क र रिचार्ड हेन्डर्सनलाई संयुक्त रुपमा नोबेल केमिस्ट्रि प्राइजबाट पुरस्कृत गरिएको हो ।
यस पुरस्कारको धनराशी ९० लाख स्विडिस क्रोनार (करिब ११ लाख अमेरिकी डलर) बराबर रहेको जनाइएको छ ।
शरीरका अति सूक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरुका गतिबिधि अवलोकन गर्ने (इमेजिङ्ग टाइनि एण्ड फ्रोजन मोलिक्युल्स) अत्याधुनिक प्रबिधियुक्त नवीनतम बैज्ञानिक उपकरणः क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपिको आविष्कार र निर्माण गरे बापत उहाँहरुलाई नोबेल केमिस्ट्रि प्राइज प्रदान गरिएको हो ।
क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपि विधिलाई अति सरल र उच्च प्रभावकारी प्रविधि ठहरयाउँदै नोबेल केमिस्ट्रि कमिटीले ‘कूल मेथड’ भन्ने संज्ञा दिएको छ ।
यस नवीनतम प्रविधिको प्रयोगबाट अबदेखि विद्युतीय प्रकाश (इलेक्ट्रोन बिम) को सहायताले शरीरमा अति सूक्ष्म र जमेका जीवाणु बसेका कोशिकाको फोटो खिँच्न अनुसन्धानकर्ताहरुलाई सहज हुने पनि नोबेल केमिस्ट्रि कमिटीले जनाएको छ ।
यस प्रविधिले शरीरको कोशिकामा रहेका हानिकारक भाइरस, प्रोटिन लगायत अति सूक्ष्म जिवाणु र तत्वहरुको विस्तृत नालीबेली ज्ञात गराउन सहयोग पुग्नेछ । साथै, यसै प्रविधिले अब ‘जिका भाइरस’ बाट उत्पन्न कठिन रोगहरुको औषधी, उपचार, नियन्त्रण तथा रोकथाम गर्ने विश्वास नोबेल केमिस्ट्रि कमिटीले जनाएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी