काठमाडौं । फिल्मबारे छलफल गराउने उद्देश्यले सोमबार मण्डला थियटरमा मन्डे मुभिज नामक कार्यक्रम आयोजना गरियो । हरेक सोमबार हुने मन्डे मुभिजमा हरेक महिना एउटा देशका फिल्महरु देखाइनेछ । त्यसैअन्तर्गत सोमबार चिनिया निर्देशक तियान झुवाङ–झुवाङले निर्देशन गरेको फिल्म ‘द ब्यु काइट’ प्रर्दशन गरियो ।
दुई घण्टा २० मिनेटको फिल्म प्रदर्शनपछि फिल्ममाथि छलफल समेत गरियो । फिल्म समिक्षक यज्ञश र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण फिल्म महोत्सव निर्देशक रम्यता लिम्बु अन्तरक्रियामा सहभागी थिए । मण्डे मुभिज क्लबले आयोजना गरेको उक्त अन्तरक्रिया फिल्मको विषयवस्तु, प्रविधि निर्देशकीय क्षमता र अभिनयमाथि केन्द्रित थियो ।
चिनिया निर्देशक तियान झुवाङ–झुवाङले निर्देशन गरेको फिल्म ‘द ब्यु काइट’मा टाइट्यु नामक किशोरको दृष्टिकोणमाथि केन्द्रित छ । बेइजिङमा सन् १९५० देखि ६० को दशकमा हुर्किरहेका टाइट्युले सय फूल अभियान, सांस्कृतिक क्रान्ति र अधिकार विरोध आन्दोलनले गर्दा सुरक्षाको लागि सौतेनी बुबाको सहारामा पुग्नुपर्दाको घट्नाक्रम फिल्ममा देखाइएको छ । फिल्ममा पितृसत्ताको श्रृखलालाई प्रस्तुत गरिएको छ ।
चीनमा प्रदर्शनका लागि रोक लगाइएको यस फिल्मले सन् १९९३ को हवाई अन्तर्राष्ट्रिय फिल्म महोत्सव अन्तर्गत ‘उत्कृष्ट फिल्म’को अवार्ड जित्न सफल भएको थियो । त्यस्तै सन् १९९३ को टोकियो अन्तर्राष्ट्रिय फिल्म महोत्सव अन्तरगत ग्यान्ड प्रिक्स र उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको थियो ।
फिल्म समिक्षक यज्ञशले फिल्मभित्र सांकेतिक किसिमको भावलाई दृश्य भाषाको माध्यमले प्रयोग भएको जानकारी गराए । ‘यस फिल्ममा सांकेतिक भावहरुको प्रयोग अत्यधिक गरिएको छ । चीनमा फिल्म प्रदर्शनको लागि रोक लगाइएपनि निर्देशकले एकै समयमा दुईवटा सर्टलाई खिच्न सफल भएका छन् । फिल्ममा कथा अभिव्यक्त गर्न धेरै शैली अपनाउन सकिन्छ भन्ने कुराको यसमा समावेश गरिएको छ,’ उनले भने ।
त्यस्तै काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण फिल्म महोत्सव निर्देशक रम्यता लिम्बुले फिल्ममा सामान्य बोलीचालीको भाषा अभिव्यक्त गर्न कठिन हुने बताइन् । ‘फिल्मको भाषाहरु लेख्न चुनौतीपूर्ण काम हो । म्युजिक, संगीत, संवाद र सांकेतिक भाव र अभिनय शैलीले फिल्म निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । क्रान्तिमाथि फिल्म बनाउंदा सामान्य सांकेतिक भावलाई जोड्न सकियो भने कम खर्चमा राम्रो फिल्म बनाउन सम्भव छ,’ उनले भनिन् ।
समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डिजिनियस् फिल्म आर्काइभका सदस्यहरुले संयुक्त रुपमा मण्डे मुभिज क्लब स्थापना गरेका हुन् । यसलाई स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले संञ्चालन गरिरहेका छन् । फिल्मसम्बन्धी रुचि राख्ने व्यक्तिहरुलाई क्लबमा सदस्य भएर फिल्ममाथिका विभिन्न छलफलमा गराउन आयोजक लागि परेको छ ।
‘हरेक सोमबार मन्डे मुभिजमा सहभागी भएर फिल्मका प्राविधिक, कथा, अभिनय र कलाका विभिन्न विषयमा अन्तरक्रिया गर्न सकिनेछ । फिल्मबारे जिज्ञासा राख्नेहरुलाई केन्द्रित गरेर मन्डे मुभिज संञ्चालन भएको हो । सदस्यबाहेकका फिल्ममा रुचि राख्नेहरुले फिल्म हेर्न र छलफलमा सहभागी हुन सक्नेछन् । एक महिनाभर एउटा देशका फिल्महरुमाथि कुराकानी हुनेछ,’ आयोजककी स्मृति ढुंगानाले भनिन् । वार्षिक रुपमा एक हजार रुपैंया तिरेर मन्डे मुभिजमा सदस्य बन्ने सकिनेछ ।
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु