लिस्बोन । एनआरएनएन पोर्तुगलको निर्वाचन सम्पन्न भएको एक महिना पनि नपुग्दै हिसाब किताब बुझबुझारथ कान्डले बिग्रह उत्पन्न भएको छ । अक्टोबर २ तारिख बेलुका ७ः ०० बजे नयाँ कार्यसमितिका केही पदाधिकारीद्वारा रिन्जेन ट्राभल मार्तिम मुनिज लिस्बोनमा आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरि निवर्तमान कार्यसमितिलाई हिसाब किताब बुझाउन अक्टोबर ४ तारिख दिउँसो १२ः ०० सम्मको समयसीमा (अल्टिमेटम) दिइएको एक वक्तब्य प्रकाशित गरि जनाइएको छ । तर कार्यसमितिको आधिकारिक धारणा के हो भन्ने बारेमा भने स्पष्ट हुन सकेको छैन् ।
बक्तब्यमा उपाध्यक्षहरु कमल गुरुङ, नारायणकाजी मगर, इश्वर रिजाल, कोषाध्यक्ष कुमार तामाङ, सचिब एगेन्द्र गुरुङ, युवा संयोजक रबिन अधिकारी लगायतले हस्ताक्षर गरेका छन् ।
विवादको चुरो
नयां कार्यसमितिको केहि दिन अगाडि मात्रै बसेको बैठकबाट धेरै गोप्य कुरा पर्दाफास भयो जसमा लेखा एक महत्वपूर्ण पाटो थियो । संघको आर्थिक पाटो के छ, कस्तो छ, हरेक साधारण सदस्यले थाहा पाउनुपर्छ र संघले पनि समय समयमा संस्थाको आर्थिक हिसाब पारदर्शिता तरिकाले प्रस्तुत गर्न सक्नुपर्छ भन्ने आवाज कार्यसमिति भित्रै उठ्यो ।
संघको अघिल्लो कार्यकाल बिबादमा मुछिनुको एक पाटो आर्थिक अपारदर्शिता पनि थियो । अघिल्लो समितिले नयाँ कार्यसमितिलाई २५,९८२. ९६ यूरोको बैंक मौज्दात भएको हिसाब बुझाएको छ भने बांकी रहेको १०, ५०७. ६६ युरो निवर्तमान अध्यक्ष भिम केसी सोमबारसम्म बुझाउने भनी जमानी बसेका थिए । त्यही जमानी पुरा नहुंदा केही नवनिर्वाचित केही पदाधिकारीहरुले अल्टिमेटम सहितको बक्तब्य निकालेका हुन् ।
सबैभन्दा महत्वपूर्ण प्रश्न के छ भने माओबादी केन्द्र निकट जनप्रगतिशील मञ्चले बुझाएका २२८ सदस्यता फारम वापतको २,२८० यूरो रकम अहिलेसम्म पनि संघको कार्यालयमा दाखिला गरिएको छैन् । सदस्यता फाराम संख्यालाई संघमा आफ्नो पद र पदसंख्या मोलमोलाई गर्ने आधार बनाउने संगठनहरु र तिनका अभियन्ताहरुको यो दोहोरो र नांगो चरित्र उदांगो भएको छ ।
किन पुरानो कार्यसमितिले निश्चित म्यादभित्रमा सदस्यता फारमसंगै दस्तुर रकम बुझेनन् ? यो कसको कमजोरी हो ? यसो गर्नुको पछाडिको रहस्य के ? किन नयाँ कार्यसमितिले माओबादी केन्द्र निकट मनोनित उपाध्यक्ष ईश्वर रिजाललाई जमानी राख्दै २२८ सदस्यता फारम वाफतको २२८० युरो सोमबारसम्म बुझाउने म्याद राख्यो? अहिले पोर्तुगलको नेपाली समुदायमा तातो बहसको विषय बनेको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी