मुम्बई (नयाँ दिल्ली), १३ असोज (रासस-सिन्ह्वा) – भारतको आर्थिक राजनीति मानिएको सहर मुम्बईमा शुक्रबार बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ ।
उक्त भागदौडमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्कोले किचेर उनीहरुको ज्यान गएको र अरु केही नराम्ररी घाइते भएका बताइएको छ ।
ती घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी छ । भारतीय आर्थिक राजनीति मानिने मुम्बई सहर नजिकैको एक स्थानीय रेल स्टेशनमा रहेका व्यक्तिहरुमा एक्ककासी भागदौड सुरु भएको थियो ।
मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेशनमा सो भागदौड मच्चिएको हो । शुक्रबार बिहान करिब १०ः४५ बजे सो भागदौड मच्चिएको थियो ।
बिहान पानी परिरहेको थियो । त्यस समयमा उक्त स्टेशनमा रेल चढ्न भिड लागेर बसेका नागरिकमा सो भागदौड मच्चिएको प्रहरीले जानकारी दिएको छ ।
भागदौड के कति कारणले मच्चिएको हो भन्ने बारेमा भने केही पनि थाहा हुन सकिरहेको छैन । त्यस समयमा किन त्यसो हुन पुग्यो भन्ने बारेमा आफूले खोजी जारी राखेको प्रहरीले जनाएको छ ।
स्थानीय उक्त रेल स्टेशनमा जम्मा भएर रहेका व्यक्तिहरु अकस्मातको ठूलो बर्षापछि ओतलाग्न आकासे पुलको सहारा लिन पुगेका र त्यसै समयमा पुल भाँचिन लागेको हल्ला चलेपछि त्यहाँ जम्मा भएका सयौँ व्यक्तिबीच भागदौड मच्चिएको थियो ।
त्यस क्रममा भूईँमा लडेका व्यक्तिमाथि एकले अर्कोलाई कुल्चिएका थिए । सो क्रममा अहिलेसम्म १५ जनाको ज्यान गएको र अरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
टेलिभिजनहरुले सर्वसाधारण व्यक्तिहरु भूइँमा लडेका, कतिपयले उनीहरुलाई उठाएर अस्पताल लाने तरखर गरेका र कतिपयलाई घटनास्थलमै पानी छम्किएर र प्राथमिक उपचारबाट निको पार्ने कोशिस गरेका दृश्यहरु देखाएका थिए ।
स्थानीय नागरिकहरुका अनुसार सो स्थानमा भागदौड मच्चिने क्रममा कम्तीमा पनि ५०० जना बटुवा सो स्थानमा रहेको देखेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने