
नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट मन्त्रालयका पश्चिम एसिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरी नेपाल र ओमनको कुटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा दुबै मुलुकबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्र आदान प्रदान गर्दै । तस्वीर ः भीष्मराज ओझा, ओमन, रासस
मस्कट (ओमन), ११ असोज (रासस) – नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा आज यहाँ हस्ताक्षर भएको छ ।
मस्टकस्थित ग्राण्ड ह्यात होटलमा एक कार्यक्रमकाबीच नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले हस्ताक्षर गर्नुभयो ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मंसुर, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र ओमनका उच्च अधिकारीको समुपस्थितिमा भएको सो सम्झौताबाट दुवै देशबीचको सम्बन्ध थप उचाइमा पुरयाउन कोशेढुंगा सावित हुने बताइएको छ ।
दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्ष पुगेका अवसरमा भएको यस सम्झौताले सम्बन्धमा नयाँ आयाम थपेको प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले बताउनुभयो । सम्झौताबाट दुवै मुलुकबीच सहयोग र सम्भावनाका क्षेत्र पहिचान गर्ने राम्रो सुरुआत भएको उहाँको धारणा थियो ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हुँदै यहाँ आइपुगेको हो । प्रधानमन्त्री देउवाको तीनदिने ओमन भ्रमणको कार्यक्रमलाई ओमन सरकारले औपचारिकता दिएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?