लन्डन । गत साता सम्पन्न ‘नेपाल आइडल’ का बिजेताहरुलाई बेलायतका नेपालीले प्रत्यक्ष साक्षात्कार गर्न पाउने भएका छन् ।
बेलायतका विभिन्न शहरमा नोभेम्बर पहिलो सातादेखि हुन गइरहेको ‘नेपाल आइडल लाइभ इन यूके’ कार्यक्रमका लागि पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेन्ड रनर अप प्रताप दास र प्रमिला राई यूके आउन लागेका हुन् ।
मनकामना इन्टरनेशनल लिमिटेड, पोखरा ट्राभल र मुनटाज इन्टरनेशनलले पहिलो कार्यक्रम ३ नोभेम्बरका दिन एम्पायर हल अल्डरसट, ४ नोभेम्बरका दिन फोकस्टनको हकिन्ज कम्युनिटी सेन्टर र ५ नोभेम्बरका दिन हयारो लिजर सेन्टरमा कार्यक्रम गर्ने जनाएका छन् । त्यसैगरि, १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा कार्यक्रम हुंदैछ । कार्यक्रम सञ्चालन गर्न नेपाल आइडलकै होस्ट सुशिल नेपाल बेलायत आउने बताइएको छ ।
आयोजकमध्ये एक सम्सारा ग्रुपका निर्देशक राजाराम गिरीले काठमाण्डौंमा एक पत्रकार सम्मेलन गरि बेलायत कार्यक्रमबारे जानकारी दिए । गिरीले विश्वभर लाखौं शुभचिन्तक बटुलेको चर्चित आइडल कार्यक्रमका विजेतालाई बेलायत ल्याउन पाउनु गर्वको विषय भएको बताए । उनले बेलायतवासी सबैलाई कार्यक्रममा उपस्थित भएर सहयोग गरिदिन अपिल गरेका छन् ।
बेलायतस्थित एकजना आयोजक पोखरा ट्राभलका निर्देशक ज्ञाम गुरुङले अन्य शहरमा पनि कार्यक्रम गर्ने योजना रहेको बताए ।
बेलायतका नेपालीले पनि नेपाल आइडल प्रतियोगितालाई खुबै चासो दिएका थिए । बुद्ध लामालाई आइडल बनाउन एउटा अभियानलाई एकै व्यक्तिले एक लाख रुपैयां बढि चन्दा दिएको घट्नाले सामाजिक सञ्जाल भरिएको थियो ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने