लन्डन । नेपालको समृद्धिका लागि तल्लीन बेलायतीहरुको च्यारिटी संस्था ‘सपोर्ट नेपाल यूके’ ले गत आइतबार एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । लङबरो हल, स्टोकनचर्च हाइवेकम्बमा ‘एल्भिस च्यारिटी डिनर नाइट’ भएको हो । स्थानीय बेलायतीको बाहुल्यता रहेको उक्त च्यारिटी कार्यक्रमको संयोजन सहारा यूकेका संस्थापक एवं सपोर्ट नेपाल यूकेका संयोजक नवीन गुरुङले गरेका थिए । च्यारिटीबाट करिब ३ हजार पाउण्ड संकलन भएको छ ।
स्याङजाको डांडास्वारामा वेलफेयर सेन्टर निर्माण गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम गरिएको संयोजक नवीन गुरुङले बताए । बकिङहामसायरवासी बेलायती यस च्यारिटी संस्थामा आवद्ध छन् र अहिले ६ जना ट्रष्टी राखिएको छ ।
बेलायत र नेपाली समुदायबीच अन्तरघुलन गराउने लक्ष्य संस्थाले लिएको छ । बेलायती पर्यटकलाई नेपालमा ‘होम स्टे’ र ‘च्यारिटी टुरिस्ट’ प्रोत्साहित गर्ने संस्थाको उद्देश्य छ । संस्थाले सडक वालवालिकाको रेखदेख गरिरहेको सहारा एकेडेमीलाई पनि आर्थिक सहयोग गर्ने बताइएको छ । बकिङहामसायरस्थित केही बेलायती विश्वविद्यालयका विद्यार्थीलाई ‘ग्याप इयर’ मा नेपाल लैजाने र नेपालबाट पनि विद्यार्थीलाई बेलायत बोलाएर ‘आइडिया’ आदानप्रदान गर्ने योजना बनाइएको संयोजक गुरुङले जनाए ।
उक्त अवसरमा गोर्खा पाइपरको धुन, गायक एल्भिसको जोकसहितको प्रत्यक्ष गायन, राफल ड्र, लिलाम बढाबढ र रोयल ओकबाट उपलब्ध स्वादिष्ट खानामा सहभागी रमाएका देखिन्थे ।
एक्ला डलर अर्बपति विनोद चौधरीद्धारा लिखित आत्मकथाको विमोचन
कार्यक्रममा नेपालका एक्ला डलर अर्बपति विनोद चौधरीद्धारा लिखित आत्मकथाको विमोचन समेत गरियो । सामाजिक अभियन्ताहरु चिरन्जिवी ढकाल, कृष्ण तिमल्सेना, नेपाल पर्यटन बोर्ड यूकेका प्रतिनिधि पशुपति भण्डारी, सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ साइंला, पूर्व अध्यक्ष दिलिप गुरुङ र संस्थापक अध्यक्ष नवीन गुरुङले चौधरीको कृति ‘मेकिङ इट बीग’ विमोचन गरेका थिए । उद्योगपति चौधरीले पुस्तक विक्रीबाट आएको रकम सहारा यूकेलाई दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त अवसरमा नेपाल पर्यटन बोर्ड यूकेका प्रतिनिधि पशुपति भण्डारीले सहभागी बेलायतीलाई नेपाल पर्यटन सम्वन्धि सामाग्री निशुल्क वितरण गरेका थिए ।
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु