कोक्स बजार, (बङ्गलादेश) ९ असोज (रासस-एएफपी) – विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरणार्थीका रुपमा शरण लिई बसेका म्यानमारका रोहिङ्गा सुमदायका नागरिक रहेको शरणार्थी शिविरमा हैजाको उच्च जोखिम रहेको बताएको छ ।
म्यानमारबाट भागेर बंगलादेशमा आइ बसेका चार लाखभन्दा बढी शरणार्थी बसेको सो शिविरमा हैजाको उच्च जोखिम रहेको अनुमान सो संगठनले गरेको छ ।
म्यानमार र बंगलादेशको सीमा क्षेत्र नजिकै चार लाख ३६ हजार शरणार्थीले शरण लिएर बसेका छन् । उनीहरुले उक्त क्षेत्रमा बडो कष्टपूर्ण जीवनयापन गरिरहेका बताइएको छ ।
उनीहरुलाई विभिन्न ६८ वटा शिविर बनाएर राखिएको छ । तर आधारभूत आवश्यकताजस्तै खाने पानी, पौष्टिक आहार या सफा बस्ने स्थान, औषधोपचारको पनि उनीहरुलाई कमी छ ।
यसै कारणले उक्त शिविरमा हैजाको उच्च जोखिम रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । उनीहरु सो क्षेत्रमा बसेको एक महिनाभन्दा बढी भएको छ ।
अहिले नै उनीहरुमा सफा खानेपानीको अभाव रहेको र सरसफाइका लागि पनि राम्रो ध्यान नदिइएकाले पानीजन्य रोगको प्रकोप देखिएको छ ।
यसमाथि निगरानी राख्ने र आवश्यक उपचारको प्रबन्ध तथा अन्य व्यवस्था नगर्ने हो भने उनीहरुमा हैजाकै प्रकोप शुरु हुनसक्ने खतरा रहेको उक्त संगठनले जनाएको छ ।
ती शिविरलाई लक्ष्य गरी घुम्ती स्वास्थ्य शिविर राखिएका छन् भने बंगलादेशले पनि यसको व्यवस्था गरेको छ । तर पनि उनीहरुमा यो समस्या भने बाँकी नै छ ।
रोहिङ्गाको कष्टपूर्ण दैनिकी
बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेशसम्म पुगेका छन् । उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पार गर्ने क्रममा ज्यान पनि जाने गरेको छ ।
गएको अगष्ट २५ देखि रोहिङ्गाको बहुल्यता रहेको म्यानमारको बस्ती राखिनबाट उनीहरु भागेर त्यहाँ पुगेका हुन् । त्यस समयदेखि आजसम्ममा ती समुदायका कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीले जनाएका छन् ।
यसरी भागेर नदी तर्ने क्रममा कतिपय सो नदीले बगाएकोले शव पनि भेटिएको छैन । उनीहरुले आआफ्नो घर बस्तमा आगो लगाएर सेनाले लखेटेको बताएका छन् ।
तर पनि म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएको छ ।
उनीहरु आन्तरिक रुपमा विस्थापित भएका स्थानमा पनि खाद्य पदार्थ, पानी, आवास र औषधोपचारसमेत उपलब्ध नरहेको पाइएको छ । उनीहरुको अवस्था देशभित्र तथा बंगलादेशमा समेत दयनीय रहेको समाचार आइरहेका छन् ।
अहिलेसम्म यहाँबाट भागेर बंगलादेशसम्म पुग्ने नागरिकको संख्या चार लाख ३६ हजार पुगेको छ । उनीहरुलाई बंगलादेशमा खान र बस्नका लागि आधारभूत आवश्यकताको अत्यन्तै कमी भएको भन्दै सहायता समूहसँग बंगलादेशले विश्व समुदायलाई आग्रह गरिरहेको छ ।
विस्थापित बालबालिका झनै बढ्ने
यस वर्षको अन्त्यसम्ममा छ लाखभन्दा बढी बालबालिका म्यानमारबाट विस्थापित भएर बंगलादेश प्रवेश गर्ने अनुमान गरिएको छ ।
रोहिङ्गा समुदायका बालबालिका म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण विस्थापित भइरहेका छन् । उनीहरु यस वर्षको अन्त्यसम्ममा त्यति ठूलो संख्यामा बाहिरिनुपर्ने अवस्था आएको सहायता समूहले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार अहिले विस्थापित भएकामध्ये झण्डै आधा जति बालबालिका मात्र रहेका छन् । उनीहरुको संख्या अझै बढ्न सक्ने बताइएको हो ।
यस वर्षको अन्त्यसम्ममा विस्थापितको संख्या बढेर छ लाख पुग्नेछ– सेभ द चिल्ड्रेन च्यारिटीका बंगलादेश प्रमुख मार्क पिर्सले भन्नुभयो ।
बंगलादेश र सहयोगी निकायले विस्थापितका लागि कोक्स बजारको नजिकै खुल्ला तथा पहाडी ठाउँमा शिविरको व्यवस्थापन गर्न लागिरहेका छन् । कोक्स बजार म्यानमारसँग सिमाना जोडिएको बंगलादेशको ठाउँ हो ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला