
वासिङटन, ९ असोज (रासस-एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई अमेरिका भ्रमणमा रोक लागाएको छ ।
यी तीन देशसहित अमेरिका भ्रमणमा जान नपाउने विश्वका नागरिकको सूचीमा आठ देश परेका छन् । यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक थियो ।
यस नयाँ नीतिको घोषणा अमेरिकी राष्ट्रपतिको कार्यालयले आइतबार राति गरेको हो । ह्वाइटहाउसले विज्ञप्तिमार्फत यसको पुष्टी गरेको छ ।
पहिलेका पाँच र यी तीन गरी आठ देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको नयाँ घोषणासम्बन्धी विज्ञप्ति राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको समाचारमा जनाइएको छ ।
यसअघि अमेरिका भ्रमणमा ९० दिनको लागि रोक लागाइएका राष्ट्रहरुमा इरान, लिबिया, सोमालिया, सिरिया र यमन थिए । ती देशले अमेरिका प्रवेश गर्न नपाउने सूचना यसअघि घोषणा गरिएको ९० दिन पनि आइतबार नै सकिएको थियो ।
सोही मौकामा अमेरिकाले आइतबार अर्काे व्यवस्था नभएसम्मका लागि यी तीन समेत थप गरी आठ देशले अमेरिका प्रवेश नपाउने सूचना जारी गरेको घोषणा गरेको छ ।
यस देशहरुबाट आउने नागरिकलाई रोक्नुको कारण विशेषगरी सुरक्षा खतरा नै रहेको अमेरिकाले जनाएको छ ।
अमेरिकाले आफ्नो सुरक्षाका लागि तथा अमेरिकालाई आतङ्ककारी आक्रमणबाट रोक्न यो निर्णय गरेको आइतबार अबेर राती राष्ट्रपति ट्रम्पले घोषणा गर्नु भएको हो ।
उत्तर कोरिया र चादका नागरिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ भने इरान, लिबिया, सोमालिया, सिरिया र यमनको नागरिकलाई यसअघि नै लगाइएको प्रतिबन्धमा थप गरिएको छ ।
भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा कामगर्ने नागरिक, विदेश तथा गृहमन्त्रालयका अधिकारी एवम् सेना प्रहरीमाथि लगाइएको छ ।
राष्ट्रपति ट्रम्पले यसअघि प्रतिबन्ध लगाउनुभएका छ वटा मुस्लिम राष्ट्रमध्ये सुडानलाई भने फुकुवा गरिएको छ ।
उत्तर कोरिया र भेनेजुएलालाई पनि हाल अमेरिका भ्रमणमा रोक लगाइएपछि यस अघि लगाइएका मुस्लिम बाहुल्यता रहेका राष्ट्रमा मात्र यो नीति सिमीत नरहेको बताइएको छ ।
नयाँ देशहरु उत्तर कोरिया, चाद र भेनेजुएलामाथिको या् प्रतिबन्धको नियम अगामी अक्टोबर १८ बाट लागू हुने बताइएको छ । तर यसअघि नै प्रवेशाज्ञा पाइसकेकाहरुलाई भने यो नयाँ कानुन लागू नहुने स्पष्ट गरिएको छ ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण