
लन्डन । १४ देखि १७ अक्टोबरसम्म काठमाण्डौंमा हुन लागेको ८ औं एनआरएनए आइसीसी विश्व सम्मेलनले यतिखेर महोल तातेको छ । एनसीसीको निर्वाचनपछि अब केन्द्रमा आकांक्षा गर्नेहरुले उम्मेदवारी घोषणा र अभियान तीव्र बनाएका छन् ।
यसै क्रममा आइतबार एनआरएनए यूकेको बुझबुझारथ कार्यक्रममा झण्डै आधा दर्जनले केन्द्रमा विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरे । केन्द्रिय अध्यक्ष शेष घले सहभागी उक्त कार्यक्रममा एनआरएनए यूकेका निवर्तमान अध्यक्ष मुछेत्र गुरुङले कोषाध्यक्ष, एनआरएन युरोप संयोजक कुल आचार्यले उपाध्यक्ष, एनआरएन आइसिसी सल्लाहकार त्रिलोक गुरुङले महासचिव, सोनाम लामाले उपाध्यक्ष, आइसिसी प्रवक्ता रञ्जु थापाले महिला उपाध्यक्ष, आइसीसी सदस्य विश्वासदीप तिगेलाले सचिव, थर्क सेनले युरोप संयोजक, बिजन भट्टले युरोप उपसंयोजक र सोम सापकोटाले सह-कोषाध्यक्षमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका थिए । कार्यक्रममा उनीहरुले संक्षिप्त रुपमा आ-आफ्ना प्रतिवद्धता समेत व्यक्त गरे ।
एनआरएन युरोप संयोजक आचार्यले आउंदो आइतबार लन्डनमा एक पत्रकार सम्मेलन गरि औपचारिक उम्मेदवारी घोषणा गर्ने बताएका छन् । यसअघि बेलायतबाटै संगीता मरहट्ठाले युरोप क्षेत्रीय महिला उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।
एनआरएनए केन्द्रको नयां नेतृत्वका लागि अध्यक्षमा भवन भट्ट बलियो दावेदारका रुपमा छन् । उनलाई उपाध्यक्ष कुमार पन्तले सघाउने आंकलन छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता