लन्डन । बेलायती महारानी एलिजावेथ द्वितियका कजिन, राजा जर्ज फाइभ र रानी म्यारीका नाति प्रिन्स माइकल अफ केन्टसहित नेपाली व्यवसायी डा. कपिल रिजालको एक प्रतिनिधिमण्डल फिनल्याण्ड प्रस्थान गरेको छ । ब्रिटिश एण्ड कमनवेल्थ च्याम्बर अफ कमर्स इन फिनल्याण्डले २५ देखि २८ सेप्टेम्बरसम्म फिनल्याण्डमा गर्न लागेको व्यापार व्यवसाय सम्वन्धि विशेष कार्यक्रममा सहभागी हुन माइकल अफ केन्ट, नेपाली सफल व्यवसायी तथा समाजसेवी डा. कपिल रिजाल र अन्य आधा दर्जन बेलायती व्यवसायी त्यता प्रस्थान गरेका हुन् ।
यूके र युरोपका साना तथा मध्यम व्यवसायीहरुको सहयोग, सम्वन्ध विस्तार तथा व्यवसायीलाई विदेशमा आफ्ना उत्पादनको बजार विस्तार गर्ने कार्यमा सघाउने जेनेसिस इनिसियटिभ डट अर्गका संरक्षक प्रिन्स माइकल अफ केन्ट महारानीले नभ्याएका समारोहमा रानीलाई प्रतिनिधित्व गर्दै जाने गर्छन् ।
डा. रिजाल जेनेसिस इनिसियटिभ डट अर्गका क्रियाशिल सदस्य भएकाले माइकल अफ केन्टसंग विशेष सम्वन्ध छ । डा. रिजालले नेपालमा महाभूकम्प जांदा माइकल अफ केन्टलाई नै प्रमुख अतिथी बनाएर लन्डनस्थित नेपाली दूतावासमा च्यारिटी कार्यक्रम गरेका थिए । गत नोभेम्बर २०१५ मा भएको उक्त च्यारिटीमा नेपाली दूतावासका कर्मचारी, सांसदहरु जेराल्ड होवार्थ, मिसल डोनालेन्ड, क्रिस डेभिस, तत्कालिन बेलायती कानुन मन्त्री माइकल गोभ लगायत विदेशी कूटनीतिज्ञहरु सहभागी थिए ।
बेलायतका राजनीतिज्ञ र दरबारसंग निकट रहेको ठानिने डा. रिजाल सफल मेडिकल व्यवसायी हुन् । नेपाली चलचित्र उद्योगमा समेत संलग्न रिजालले फिनल्याण्ड सम्मेलनमा नेपालको पर्यटन र अन्य व्यवसायमा युरोपका व्यवसायीलाई लगानी गर्न उत्प्रेरित गर्ने अपेक्षा छ । उनले नेपाल र नेपालीलाई चिनाउन तथा फिनल्याण्डबाट नेपाललाई सहायता वृद्धिको वातावरण बनाउन भूमिका निर्वाह गर्ने बताए ।
डा. रिजाल सरी हिथका व्यवसायीहरुको क्लव सरी हिथ पार्लियामेन्ट्री लन्चियन क्लबका उपाध्यक्ष समेत हुन् । उक्त संस्थाले क्लवका मेम्बर र पार्लियामेन्टबीच सम्वन्ध विस्तार र स्थानीय व्यवसायीलाई सांसदहरुसंग निकट सम्वन्ध बनाउन सहयोग गरिरहेको छ । सन् १९७४ मा स्थापना भएको उक्त संस्थाले वर्षमा ५ वटा बैठक बेलायती मन्त्री र सांसदहरुसंग गर्ने गर्छ र बैठक हाउस अफ कमन्समा हुन्छ ।
डा. रिजालले यही जनवरीबाट अध्यक्ष भएर उक्त संस्थाको नेतृत्व सम्हाल्ने बताइएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि