मेक्सिको सिटी, ६ असोज (रासस-एएफपी) – मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी पुरिएकालाई जीवितै उद्धारगर्ने समय समाप्त भएको बताइएको छ ।
तीन दिन अघि गएको यस भूकमपमा परी मेक्सिकोमा २७२ व्यक्तिको मृत्यु भइसकेको बताइको छ । यो सङ्ख्या अझै बृद्धि हुने बताइएको छ ।
यस भूकम्पका कारण मेक्सिको सहरमा मात्र अझै २०० भन्दा बढी व्यक्ति हराईरहेका बताइएको छ ।
राजधानी र अरु कैयौँ सहरमा भूकम्पको कारण भत्किएका भवनको भग्नावशेषहरु हटाउन उद्वारकर्ताहरु लागिपरेका छन् ।
सो भूकम्प ७.१ म्याग्निच्युडको थियो । उक्त शक्तिशाली भूकम्पबाट भत्किएका भवन र भग्नावशेषमा परी पुरिएकाको जीवितै उद्वारको कार्य कुकुरको सहायताबाट जारी राखिएको बताइएको छ ।
राजधानीको मध्य भागको छिमेकमा पर्ने रोमा इलाकामा भत्किएको एक साततले भवनमा २३ व्यक्ति पुरिएको अनुमान गरिएको छ ।
पहाडी इलाकामा भत्किएका भवन भग्नावशेषबाट २८ व्यक्तिलाई बाहिर निकालिएको बताइएको छ ।
यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा योभन्दा झनै शक्तिशाली भूकम्प गएको थियो । मेक्सिकोमै यही सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी